खराङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स (फोटोफिचर)

चैनपुर – सङ्खुवासभाको चैनपुर नगरपालिका स्थित खराङ स्वास्थ्य चौकीलाई एक कार्यक्रमका वीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

पहाडी जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिकाका दुई वडा लगायत दाताहरुको सहयोगमा २० लाख खर्चेर एम्बुलेन्स ल्याईएको हो । जिल्लामा पहिलो पटक दुई वडाको संयुक्त लगानीमा खरिद गरिएको एम्बुलेन्समा चैनपुर नगरपालिका वडा नं. १० खराङ ७ लाख ५० हजार, वडा नं. ११ लुहाकोट ७ लाख, सङ्खुवासभाका संघिय सांसद दिपक खड्काबाट २ लाख ५० हजार, समाजसेवी एवं हेल्पिङ हेण्डस काठमाण्डौका प्रवन्धक डा. गुप्त बहादुर श्रेष्ठबाट २ लाख र चैनपुर नगरपालिकाको कार्यालयबाट १ लाख ५० हजार गरि २० लाखको बजेटबाट एम्बुलेन्स खरिद गरिएको वडा नं. १० का वडाध्यक्ष धन बहादुर तामाङले बताउनुभयो ।
बुधबार खराङ स्वास्थ्य चौकीमा आयोजना एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका व्यवस्थापकलाई एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुहुदै संघिय सांसद दिपक खड्काले स्थानीय सरकारको रुपमा रहेको वडा सरकारले जनताको स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई मध्य नजर गरी एम्बुलेन्स खरिद गरिनुले गम्भिर प्रकृतिका रोगीहरुलाई समयमा सु्विधायुक्त अस्पतालसम्म पुर्याउन यो एम्बुलेन्स कोशेढुङ्गा सावित हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
हस्तातरण कार्यक्रममा खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले वडाको लागत साझेदारीमा भएको यस किसिमको काम जिल्लामा नै नमुना भएको बताउनुहुदै यस एम्बुलेन्सका माध्यमबाट रोगीहरुको उपचारमा सहजता हुने वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख वविता अधिकारी, सहयोगदाता समाज सेबी डा गुप्तबहादुर श्रेष्ठ लगायत जिल्लाका बुद्धिजीवीहरुको समेत उपस्तिथी रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, स्थानीय, स्वास्थ्य
ट्याग : #hot, #आर्थिक सहयोग, #एम्बुलेन्स, #चैनपुर नगरपालिका, #दिपक खड्का, #संखुवासभा, #सहयोग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्