विपश्यना ध्यान “एक सुखद् अनुभूति “

सृजना तिमल्सिना
गारो साघुरो र अप्ठ्यारो अवस्था कस्को जीवनमा हुदैनररुयदि मनमा दृढइच्छा र चाहना छ भने जीवनमा आफुलेचाहेको कर्म गर्न कुनैपनि किसिमको अवरोध ले छेक्न नसक्दो रहेछ।पितृसत्तात्मक सामाजिक संरचना अनिघर गृहस्थी सम्हालेर बसेकी सामान्य गृहणी तर चाहना आत्मवोध तर्फ को अन्तरयात्रारु
हुन त चेतनाको कुनै लिगं जात रभेद हुदैन ।
यो तजुनसुकै क्षण अनि अवस्था मा जुनसुकै लिगमा उत्पन्न हुनसक्छ तर एऊटा पुरुष स्वरूपमा रहेको चेतनालाइ जति सहजरुपमा सहयोग सह मती र स्वीकार्य ता प्राप्त हुन्छ त्यसको विपरित लिगलाइ अलि चुनौतिपूर्ण देखिन्छ तर तर्क शक्ति भन्दा पाँच हजारगुणा शक्तिशाली भावशक्ति नै जागिसकेपछि कसले अवरोध गर्नेरुफेरी भित्रै देखि आफैलाई पनि अन्तरवोध जागिसकेपछि बाटाहरु खुल्दैजाने रहेछन् ।
अध्यात्म प्रति को गहिरो प्रेम र लगावको फलस्वरूप दशदिने विपश्यना ध्यान शिविरमा सहभागी हुने सौभाग्य प्राप्त भयो।
तोकिएको समयमा नै उपस्थित हुनेगरी प्रस्थान गरियो । यसविधिको वारेमा खासै धेरै जानकारी हरू त थिएन मलाइ शायदत्यसैले मन एकदमै जिज्ञासु र उत्सुक भएको थियो। यो मेरो लागि विल्कुलै नौलौ अनुभव हुनेवाला थियो।
केहिबेरको हल्का अयगलकभििष्लन पछि हामीलाइ आफुले दशदिन बिताऊने निवासतर्फ लगियो। हेर्दै हँसमुख र मिलनसार देखिने स्वयंसेवक हरुद्वारा हामी निर्देशित हुदै विभिन्न उदेश्य बोकेर विभिन्न स्थानमा बाट आउनुभएका साधक साधिका भे ला भएर एक आपसमा सामान्य चिनापर्ची गर्दै समय बितायौ। सबैका आ आफ्नै कथा ब्यथा हरू थिए। आफ्नो अत्यन्त ब्यस्त भागदौडको जिन्दगीबाट बार दिनको समय निकालेर मनको शान्ति र अन्तर बोध जगाऊने उदेश्य ले नै आएको हुनपर्छ शायद यतिकैमा हल्का खाजापानीको ब्यवस्था पछि एउटा ठुलो सभाहलमा यचष्लतबतष्यल अबिकक शुरू भयो।जसमा साधना शिविरमा रहुन्जेल साधक साधिकाले अनिवार्य रुपमा पालनगर्नु पर्ने निति नियम र अनुशासनको बारेमा जानकारी दिइएको थियो।
बिभिन्न सम्मानित पेशा र ब्यवसाय अपनाऊने सम्मानित ब्यक्तित्व हरुपनि यस साधना शिविरमा आफ्नो ब्यस्त र अनमोल समय खर्च गरेर आफुलाई एउटा निस्वार्थ सेवकको रुपमा स्विकारेर साधकहरूको सेवा र सहायताको लागि लागिपर्नुभएको देख्दा यस साधनाको गरीमा प्रति ह्दयमा कृतज्ञता र अहोभावको जन्म भैरहेको थियो। वातावरण नै यति शान्त र सुरम्य थियो कि त्यहाको परिवेशमा प्रवेश गर्ने बितिकै नै ह्दय निर्विकार र निर्विचार भैसकेको थियो।
पहिलो दिनकी रातिआठबजे देखि नै हामिले मौन साधना शुरूगर्नुपर्ने थियो।जसलाइ आर्य मौन भनिन्छ । सचारका कुनैपनि माध्यम जस्तै लेखेर बोले र हाऊभाऊ र इ शाराले पनि एक अर्का सग सवाद वा विचारको आदानप्रदान नगर्नुलाइ आर्यमौन भनिदो रहेछ।
भान्छाघर , शौचालय साधनाहल बाहिरको वातावरण लगायत निवास स्थानमा पनि आर्यमौनको कडा रूपमा पालना गर्नुपर्ने निर्देशन थियो। भोलिपल्ट बिहान चारबजे देखि शुरू हुने साधनाको जनाऊको लागि घन्टि बज्न शुरू हुन्छ । द्धघण् भित्र धम्म हलमा प्रवेश गरेर निरन्तर दुइघण्टाको साधना पछि बिहानको हल्का चिया नास्ताको व्यवस्था हुन्छ ।
स्वदेस लगायत विदेश बाट समेत साधनाको लागि साधकहरू आइपुग्दा रहेछन्। सम्पूर्ण रूपमा ब्यवस्थित विशाल हलमा प्रवेश गर्दा नै मन अत्यन्त कौतुह रलता रोमान्चकताते भरिएको हुन्छ । एकपटक धम्म हलमा प्रवेश गरिसकेपछि तोकिएको समय सिमामा मात्र बहिर निस्कन पाइन्छ ।
निति नियम र अनुशासनको पुर्ण रुपमा पालन गर्नुपर्छ जुन साधनाको लागि अनिवार्य र अपरिहार्य नै हुन्छ । तीनदिन सम्म स्वाश प्रश्वासको साधना चल्छ जसलाइ आनापाना साधना भनिन्छ । शुरूमा त यो अत्यन्त चंचल मनलाइ वशमा राख्न अत्यन्त कठिन पर्छ कठिन कठिनै परेर मन विच बबलित पनि हुनखोज्छ। यस्तो साधनाको रह स्य के हो लारुभन्ने अनगिन्ति प्र श्न हर पनि मनमा जन्मिन्छन।
तिन दिनसम्म श्वास को आवागमनलाइ मात्र निरिक्षण गरेर बस्ने खा लको ध्यानको अभ्यास गराइन्छ। बेलुकी समादरणीय गुरु बाट अमृत मय प्रवचनले तिन दिनको साधना को रहस्य र आगामी दिनहरूमा गर्नुपर्ने साधनाको निर्देशन पाउदै गएपछी एक प्रकारको मार्ग दर्शन हुन्छ ।
साधना सहज र सरस त त्यति लाग्दैन शुरू वातमा थोरै कठिन त अवश्य हुन्छ तर साधनाको लागि अत्यन्त उपयुक्त हुनेकिसिमको सात्विक भोजन पुर्ण तया आर्यमौनको पालना सचारका समपूर्ण माध्यमहरूबाट पुर्ण रूपमा वन्चित रहेर आश्रमको अत्यन्तै शान्त र सुरम्य वातावरण ले यति धेरै उर्जा र उत्प्रेरणा दिन्छ कि जति सुकै कष्ट सहेर पनि साधना लाइ पु र्ण ता दिएरै छाड्ने दृढता पैदा हुन्छ मनमा बिभिन्न किसिमका सवेदना हरू को उदय र व्यव भैरहन्छन् । त्यतिबेला धैर्यताको पनि निकै आवश्यकता हुन्छ ।
चारौ दिनमा वल्ल ध्यान को मुख्य चरण विपश्यना मा पुगि न्छ। आफुले आफैलाई एक विशिष्ट प्रकारले निरिक्षण गर्नु लाइ विपश्यना भनिन्छ । मानिस जन्मेदेखि नै भौतिक ससारमा धेरै हरायो रमायो आफैभित्र अन्तर यात्रा गर्ने चाहना कहिल्यै पलाएन वा भनौ जिवन प्रवन्धनको चक्र मा फसेर समय नै पाएन ।
सुख शान्ति र आनन्द को खोजीमा बाह्य दुनियामा जति नै भागदौड गरेपनि ऊसको अतृप्ति मेटिएन। ह्दयले खोजेको सुख शान्ति र आनन्द प्राप्त गर्न आफै भित्र एकपटक डुबिहेर्योभने पाइन्छ भन्ने अन्तरबोधको जुन अबसर अहिले पाइएको छ यसैलाई विप श्य रहैछ भनिएको रहेछ।
जसको लागि अन्तरमुखी भएर बिशेश अनुशासन को अनिवार्य पालना गर्नु पर्छ भगवान गौतम बुद्धले पच्चीस सय वर्ष अगाडी आत्म उत्थान र निर्वाणको लागि प्रयोग गरेको यहि साधना रहेछ। एउटा मानव यौनीमा जन्मेको जीवलाइ भगवान कॅ दर्जामा पुरयाउने साधना कति महान् हो ला । यस बाट प्रप्त हुने ति ज्ञानका अलौकिक ज्योतिहरू कति मूल्यवान् होलान।
एवम रीत ले साधना जारी नै रहन्छ ।ह्दयमा उब्जिएका अनगिन्ति प्रश्न हरुको सटिक उत्तर पाएर मन अपार सन्तुष्टि ले पुलकित हु न पुग्दछ । घर गृहस्थी त्यागेर दशदिनको लागि धर्म कारावासको बन्दि बन्दै भिक्षु को जस्तै जीवन यापन गर्दै हामी अहकार त्यागेर भिक्षा पात्रमा अरूले दिएको दान स्विकारेर जिवित रहनको लागि एकछाकको भोजन ग्रहण गरेर कठोर साधना मे आफु लाइ होम्नु र सफलताको मोती टिप्नु नै विपश्यना साधना रहेछ।
न भुतकालको प पश्चाताप न भविष्य को कुनै चिन्ता केवल वर्तमान मा जिऊदै आफै भित्र घट्ने घटना परिघटनाहरंलाइ कर्ता भाव त्यागी केवल सा क्षी भावले तटस्थ रहेर नियाल्नु नै विपश्यना रहेछ। ससारमा मानव चोलाजस्तो उत्कृष्ट चोला मा जन्म् पाइसकेपछि पुण्यमय जीवन बाच। मन कर्म र बाणीले कसैको कुभलो नगर नसोच। सकेको जति प रोपकार गर पुण्य पारमिताका दशवटा घडाहरूलाइ भरिपूर्ण पारेर राख सम्यक आजिविका अपनाऊ। धन प्रसस्त उपार्जन गर ।
कुनैपनी गृह स्थ ले कडा मेहनत गरेर धन उपार्जन गर्न मा कुनै दोष खोट छैन अझ मेहनत परिश्रमको बलले धेरैभन्दा धेरै धन उपार्जन गरेर आफुमाथि आश्रित हरूको भरण पोषण गर्नु त उसको कर्तव्य नै होतर यसमा दुइवटा शर्त अनिवार्य रूपमा लागु नैपर्छ त्यो के हो भने तिमीले धनको उपार्जन गर्दा अरु कसैलाई अ लिकति पनि दुख कष्ट नहोस सत्कर्म गरेर प्रसस्तै धन कमाऊ अनि आफुले आर्जन गरेको धनवाट परकल्याणको कार्यमा खर्च गर दया करूणा र मैत्रीकॅ भाव ले अहकार त्यागी सकेको दान पुण्य गर जसबाट आफ्नो पुण्य पारमिताको वृद्धि भइ स्वकल्याणका साथै असहाय जनको पनि कल्याण भइर धर्म क वृद्धि हुन जान्छ ।
मनिसको दुखको कारण भनेको आफुले चाहेको वस्तु हरुप्रती उब्जने राग र नचाहेके वस्तु पदार्थ हरू प्रति कॅ द्वेष र क्लेशकॅ सवेदना नै हो।
यि कुराहरूलाई त्यागेर केवत परिवर्तन शील ससारको नियमलाई स् स्विकारेर तटस्थ भावमा रहन सक्यो भने दुःखका द्वारहरू आफ से आफ बन्द हुन्छन्। दुख सुख भनेका मनका खेलहरू मात्र हुन् । जसरी दिन र रातको चक्र घुमिरहेको हुन्छ त्य सरी नै दुख सुख राग अनि द्वेष को चक्र घुमिरहेको हुन्छ । मानिस यसैलाई ध्रुवसत्य मनेर दुखित पिडित भैरहेको हुन्छ ।
ह्दयमा उत्पन्न हुने यस्ता तमाम किसिमका संबेदना हरू प्रति तटस्थ रहेर आफुलाइ कर्ताभाव त्यागी केवल साक्षीभावले निरिक्षण गर्न सक्यो भने सुख र आनन्द को श्रोत आफै भित्र प्रष्फुटन हुन्छ । यि सबैलाई अनित्य हो भनेर स्वीकार्ने चेत पलाऊन सक्यो भने दुखको श्रोत नै बाकी रहदैन। एवम रीत ले साधनामा दिनहरु बित्दै जान्छन् ।
दशौ दिनको बिहानको साधना गरेर मौनता तोडेपछि साधक साधिका हरू सग पहिलो पल्ट सबाद गर्न पाऊदा अपार हर्षको अनुभूति हुदो रहेछ। शुरूमा यति कठीन लागेको साधना सफलता पूर्वक सम्पन्न गरेर आफु भित्र को अज्ञानको अन्धकार नाश भइ प्रकृति को अनमोल ज्ञानको ज्योति बल्दै गरेको अनुभूति हुँदा हर्ष विभोर हुइदो रहेछ। सबैको मुहारमा अवर्णनिय कान्ति छाएको हुन्छ ।
सबैजना सबै सग मैत्री भावले आ आफ्ना भावना र साधना को अनुभव साटासाट गरिरहेको दृष्यले भावुक बनाऊछ। भाव विभोर भएर खुसीले रोइरहेको दृष्य पनि देखिन्छ । यो हृदय दया माया करूणा र मैत्री भावले ओतप्रोत भएको हुन्छ । यो ससार नै यति सुन्दर लाग्न थाल्छ कि त्यो खुसी अवर्णनिय हुन जान्छ । ति कठोर साधनहरू के का लागि थिएरुगाँठा हरू खुलेर उत्तर हरू आफसे आफ ह्दयमा प्रकट भैरहेका हुन्छन् । जब पन्च शिलको पालना गरेर पूर्ण अनुशासन मा बसिन्छ तब ती इश्वरीय गुणहरू आफ से आफ प्रकटित भएर आउदा रहेछनू।
मौनतामा यति ठुलो शक्ति हुदो रहेछ कि वाह्य वातावरण मा पुर्णतया मौनता राख्न सक्यो भने अन्तर आत्मावाट ह्दय को पुकार सुनिन थाल्छ।
यो साधना पछी साधकमा उच्च स्तरको अनमोल चेतनाको विकास हुन्छ जसलाइ शब्दमा प्रकट गर्न नै गारो हुन्छ भारतका बिभिन्न कारावासहरूमा यस किसिमको साधना शिविरको स्थापना गरेर ति जघन्य अपराधको अभियोगमा कडा भन्दा कडा सजाय भोगिरहेका अपराधीहरूलाई यस साधनामा सरिक गराएर उनीहरूलाइ रूपान्तरण गराएर सत्मार्गमा हिडाएको भिडियो हेर्दा सबै जना एकदमै भावुक र य स साधना प्रति नत मस्तक भएर आस्था र श्रद्धा का आसु बरबर बगाएर भाव विव्हल भै रहेका दृष्यहरु पनि देखियो यस्तो साधना मा सहभागी हुने अबसर पाउदा ह्दय कृतज्ञता को भाव ले भरिदो रहेछ यति अनमोल ज्ञानको खजाना पाइने यस साधनाको अनगिन्ती बिशेशता हरू छन्।
यो ध्यान विधि भगवान गौतम बुद्धले अभ्यास गरेर निर्वाण प्राप्त गरेको बिधि हो तर पनि बौद्ध सम्प्रदाय सग यसको कौने लेनदेन छैन भगवान बुद्ध को महान विचार अनुसार ससारको सबैभन्दा ठुलो दान भनेको धर्म को दान दिनु हो । रोग भोक र शोक र अभावमा बाँचेका हरूलाई बन्दोबस्ती का सामाग्री दिनु सट्टा उनी हरूलाइ त्यो महान चेतना नै प्रदान गरिसकेपछि भवसागर को चक्र बाट उनीहरु त मुक्त हुन्छन् नै अरूको लागि पनि धर्म को सबाहक बनेर ज्ञान र शान्ति को उज्यालो छर्दै हिड्छन्। यो साधना बिल्कुलै नि शुल्क छ ।
यो साधना शिविर केबल अघिल्ला साधकहरूले आफु ज्ञानको ज्योतिमा भिजेर ओतप्रोत भेसके पछि अहकार त्यागी मैत्री र करुणाको सद्भाभावले दिएको स्वच्छ दान दातब्यबाट आज सम्म अनवरत सचालन भैरहेको छ । धेरै पैसा खर्च गरेर पुगेका कुनै सुबिधायुक्त होटलहरू को भन्दा कम राम्रो बन्दोबस्त छैन यहा।
प्रत्येक पलमा स्वय सेवकहरूले साधकलाइ के कस्तो कुराको जरूरत छ सजिलो अप्ठेरो अवस्थाको हरदम ख्याल राखि रहेका हुन्छन । तातो चिसो पानीको सुबिधा साधनाको लागि अत्यन्त उपयुक्त किसिमले बनाइएको शुद् सात्विक भोजनको प्रवन्ध अत्यन्त स्वच्छ सफा वातावरण ले गर्दा अकल्पनीय सुखानुभूति भैरहेको हुन्छ ।
जुनसुकै जात जाति लिग धर्म र भाषा भेश भुषा अपनाउने ब्यक्ति यसमा सहभागी हुन सक्छ । त्यहाको निश्चित अनुशाशन र निति नियम को परिधी भित्र रही जो सुकै पनि जान सक्छ जुनसुकै धर्म सस्कृति माथि आस्था राख वर्गको लागि पनि यो उतिकै उपयोगी र सर्वमान्य छ यस बिधिको अभ्यास द द्वारा सजग र सचेत भएर जव आफु र मनमा उठ्ने बिभिन्न सबेदनाहरूलाइ केवल द्रष्टा भावले हेरिन्छ तब कुनै पनि ब्यक्ति वा वस्तु प्रति राग र द्वेष बन्दैन पुराना सङ्ग्रह भएर र।हेका राग र देष को सस्कार बाट माथि उठेर निर्वाण प्राप्त गर्न यसले सिकाउछ।
यो साधना एक वैयक्तिक साधना पनि हो सबैलाइ एकै प्रकारको अनुभव र अनुभुति नहुन पनि सक्छ । त्यस कारण व्यक्ति स्वयम ले कुनैपनि साधना शिविरमा गएर विधि पुर्वक अभ्यास गर्दा मात्र यसको स्पष्ट बोध हुनसक्छ । धर्म कारावासको बन्दि बनेर यसबाट अनमोल ज्ञानको खजाना प्राप्त गर्न सकिन्छ ।
धर्म को यति बैज्ञानिक र सर्वमान्य परिभाषा यहा बताइएको हुन्छ नि आजको पापाचार युक्त यस भौतिक वादी दुनियाँ को लागि यो साधना वरदान साबित हुन्छ । उत्कृष्ट आध्यात्मिक चेतनाको बिजारोपण गर्न सक्षम यो साधना सर्व पुजित र बन्दनिय छ ।
सब्ब मंगलम भवतु सबैको कल्याण होसू
क्याटेगोरी : जीवनशैली
ट्याग : #विपश्यना ध्यान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्