Techie IT
शनिबार, वैशाख ६,२०८२

काजु सेवन गर्नुका आठ फाइदा


काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्‍याउँछ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटिन, आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

यस्ता छन् नियमित काजु खानुका फाइदा

१. काजु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

२. काजुको नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र मधुमेह रोगीका लागि फाइदाजनक
हुन्छ ।

३. काजुको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

४.काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ त्यसैले काजुको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

५. काजुमा एकप्रकारको चिल्लो पदार्थ हुन्छ जसमा भिटामिन बी प्रशस्त मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।

६. काजुको नियमति सेवन गर्नाले शरीरमा शक्ति पैदा गर्छ र शरीरलाई फूर्तिलो बनाउँछ ।

७. काजुको सेवनले शरीरको तौल कम गर्नुका साथै कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

८ काजुको सेवनले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु हुनबाट बचाउँछ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #काजु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545