Techie IT
शनिबार, वैशाख ६,२०८२

पहिलो पटक यौन सम्पर्क गर्दा अपनाउनुहोस् यस्ता बिधि


जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौन । तर यौन शिक्षाको अभावमा कतिपयको पहिलो प्रयास पीडादायी बन्न पुग्छ ।

ज्ञानको अभावमा शारीरिक तथा मानसिक दुवै रुपमा पीडादायी हुन सक्छ । तनाव हुनसक्छ । पुरुषमा शीघ्रपतन, लिंग योनिभन्दा बाहिरै रहने हुनसक्छ । जथाभावी यौन सम्पर्क गर्दा महिलाको योनी दुख्ने, घाउ लाग्ने पनि हुनसक्छ ।

पहिलो रंगीन सम्बन्ध क्लाइमेक्समा नपुग्ने समस्या पनि हुनसक्छ । पहिलो यौन सम्बन्ध आनन्दमयी नभई पीडादायी हुँदा त्यसको नकारात्मक असर पछिसम्म पर्नसक्छ ।

 

स्तन बिस्तारै खेलाउँदा आनन्द आउँछ । स्तनको मुन्टो (निप्पल) बेस्सरी समात्दा रमाइलो हैन, पीडा हुन्छ र घाउसमेत हुनसक्छ । महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन ।

युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घोडा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौन सम्पर्क गर्नुपूर्व नै योनि झिल्ली फुटिसकेको हुनसक्छ । पुरुषले हस्त मैथुन गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिंगको छाला सुर्किएको हुनसक्छ ।

पहिलो दिनको यौन सम्पर्कमा योनीभित्र लिंग पस्नलाई योनि झिल्ली फुट्नु पर्छ । योनी झिल्ली फ्टदा महिलालाई अत्यधिक दुख्छ । यसक्रममा महिलालाई अत्यधिक रक्तश्राव हुने सम्भावना पनि हुन्छ । पुरुषको लिंगको भित्री छाला सुर्किएर लिंगको डाँठतिर सर्दा पुरुषलाई पनि असाध्य दुख्छ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #पहिलो पटक यौन सम्पर्क


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545