बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…

भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् । यस्तो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको आज तकले लेखेको छ ।
यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।
सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्