किन हुन्छ यौन असन्तुष्टि ? यस्ताे छ डाक्टरहरुकाे भनाइ

सुखद यौन जीवनका लागि हरेक जोडीमा ‘सेक्स कला’ आवश्यक ठान्छन्, यौन परामर्शदाता डा. समन रूपाखेती । ‘धेरै पुरुषहरू हतारिएर सीधै सेक्समा उत्रिहाल्ने र चाँडै स्खलित भइहाल्ने समस्या छ,’ ‘उनीहरूलाई थाहा हुँदैन कि महिला मुडमा आउन केही समय लाग्छ ।’ त्यसका लागि जोडीबीच सञ्चार अभाव देख्छन् । ‘एकले अर्कालाई नबुझ्ने हो भने त्यो सेक्स पीडादायक बन्न सक्छ ।
२५–२६ वर्ष उमेर समूहको यो जोडीको सेक्स गर्ने तरिकामा शंका लागेर डा. रूपाखेतीले सोधे, ‘कसरी गर्नुहुन्छ सेक्स ?’‘मलाई त पहाडै फोरेजस्तो गाह्रो हुन्छ ।
यौन समस्या लिएर डाक्टरसम्म पुग्नेमध्ये अधिकांश पुरुषको व्यथा एउटै हुन्छ– शीघ्र स्खलन । चरम सन्तुष्टि प्राप्त नहुँदै स्खलित भइहाल्ने यस्ता पुरुषहरू हीनताबोधका साथ सोध्छन्, ‘हाम्रो समस्याको समाधान छैन ?’
केही आम यौन समस्या
१ पुरुषमा
-लिंग कडा नहुने
-शीघ्र पतन
-यौन इच्छा कम हुने
-केहीलाई सामान्यभन्दा बढी यौन चाहना हुने
२ महिलामा
-योनी सुक्खा हुने
-यौन चाहना नहुने
-सेतो पानी बग्ने
-केहीमा यौन चाहना सामान्यभन्दा बढी हुने
३ यौन जीवन सुमधुर बनाउन
-फोरप्ले पर्याप्त गर्ने
-पार्टनरको समस्या र इच्छा बुझ्ने
-भावनात्मक सम्बन्ध सुमधुर राख्ने
-पार्टनरलाई मन पर्ने र मन नपर्ने कुरा थाहा पाएर त्यही अनुसार व्यवहार गर्ने
-दुवैलाई सहज लाग्ने पोजिसन र स्थान अपनाउने
नशा र साइजको भ्रम
मदिरा पिएर सेक्स गर्दा लामो समय टिक्ने भ्रम व्याप्त छ । यो भ्रम मात्र हो भन्छन्, डा. घिमिरे । ‘छाडा बनाउला तर पर्फर्मेन्स घटाउँछ,’ उनी भन्छन्, ‘त्यो भ्रम मात्र हो । धूम्रपान, मद्यपान, लागुऔषधले यौन क्षमता घटाउँछन् ।’
डा. विभाकर ठाकुरका अनुसार नशाले डरशंकोच घटाउने भएकाले धेरैले यसको मद्दत लिन्छन् । ‘भय घटाएर खुल्न सघाउला । तर, त्यो क्षणिक मात्र हो,’ उनी भन्छन्, ‘मैले के गर्दा मेरो पार्टनर खुशी हुन्छ भन्ने बुझ्ने हो भने अरू केही गर्नुपर्दैन ।’
यौनांगको साइजको पनि भ्रम छ धेरैमा । ‘सानो भयो भन्ने त धेरै आउँछन्,’ डा. ठाकुर भन्छन्, ‘तर, लिंग ठूलो भएर योनीमा पसेन भन्दै पनि आउने हुन्छन् । यस्तै एक युवक एकपटक मकहाँ आएका थिए । मैले चेक गरेँ । उनको लिंगको आकार सामान्य नै थियो । यो जोडीले सेक्सअघि गर्ने क्रियाकलापतिर ध्यान दिन सकेका रहेनछन् । श्रीमतीलाई उत्तेजित बनाउन नसक्दा उनको योनी सुक्खा हुने भएकाले त्यस्तो समस्या आएको थियो ।’
यौनरोग विशेषज्ञ डा. सुबोधकुमार पोखरेलको भनाइमा शरीरले मात्र सेक्स गर्ने होइन । भन्छन्, ‘मनले शरीर नियन्त्रण गर्ने हो । मनले नचाहे शरीरले के गर्न सक्छ र ? यौनानन्दका लागि योनीमा लिंग घुसाउनुपर्छ भन्ने छैन । कोही छोएर, सुमसुम्याएर, किस गरेर पनि सन्तुष्ट हुन सक्छन् । पार्टनरबीच मन र शरीर जुरेको संयोजन भए मात्र यौनकार्य सफल हुन्छ ।’
क्याटेगोरी : जीवनशैली
ट्याग : #यौन असन्तुष्टि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्