Techie IT
बुधबार, माघ २३,२०८१

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द


खजुरा । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।


क्याटेगोरी : स्थानीय, स्वास्थ्य
ट्याग : #breaking, #चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545