पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न

सिन्धुपाल्चोक, पुस ४ गते । यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालय, चौतारा अस्पताल तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित दुई दिने स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएको छ ।
शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा अमरदिप शाहले बताउनुभयो । ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका दुर्गम स्थानमा स्वास्थ्यसेवा प्रदान गर्न मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले रोग तथा समस्याका बारेमा निर्धक्क भएर डाक्टरहरु माझ राख्न स्थानीयलाई आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाको आठवटै वडामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा दिइरहेको उल्लेख गर्दै आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्