२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार २२२ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३३२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ४० हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय थप २१५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ८२३ पुगेको छ । निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कोहीको पनि ज्यान गएको छैन ।
पछिल्लो २४ घण्टामा २४ हजार ६९१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार ५५८ रहेको छ । हाल होम आइसोलेशनमा एक हजार हजार ५१३, संस्थागत आइसोलेशनमा ४५, आइसियुमा २३ र भेन्टिलेटरमा दुई रहेका छन् ।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्