Techie IT
शनिबार, वैशाख ६,२०८२

‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं ।

कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला देशका विभिन्न ‘ब्लड बैंक’ तथा रेडक्रसहरुमा रगत अभाव देखिन थालेपछि विभिन्न सामाजिक संस्थाहरु रगत संकलनमा लागेका छ । सोहि समस्यालाई मध्यनजर गर्दै ‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’ले रक्तदान कार्यक्रम गरेको छ ।

 

काठमाडौंको शान्तिनगर स्थित ‘वेविलोन नेशनल स्कुल’मा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा बरिष्ठ गीतकार इन्दिरा बोगटी, कलाकार दिपेन्द्र सोनाम सहितको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।


‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’का अध्यक्ष विज्ञान खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद सुवेदीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा ‘लाइन्स क्लव अफ काठमाडौं ग्रेड नेपाल’ का अध्यक्ष सन्तोष घिमिरे र पूर्व अध्यक्ष सूर्यबहादुर घिमिरेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा ६६ जनाले रक्तदान गरेको आयोजक संस्थाले बताएको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #लाइन्स क्लव अफ काठमाडौं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545