क्यान्सर सर्वाइवर सोसाइटीको जनचेतनामुलक कार्यक्रम

काठमाडौँ । नेपाल क्यान्सर सर्वाइवर सोसाइटीले कोभिड –१९ र क्यान्सर जनचेतनामुलक कार्यक्रम गरेको छ । सोसाइटीले क्यान्सर विजेता तथा क्यान्सरसित जुधिरहेकाका लागि कोभिड १९ ले पार्न सक्ने असर र बच्ने उपायहरु लक्षित कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि जनस्वास्थ्यविद्ले कोरोना भाइरस मुख्य गरेर दिर्घ रोगी लगायत क्यान्सर बिरामीका लागि पनि भयावह बनिरहेको बताएका छन् ।
पाटन ओन्कोलोजिस्ट डा. अरुण शाहीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरेको छ । हेम्स हस्पिटलका पल्मोनोलोजिस्ट डा.राजु पंगेनीले क्यान्सर लयागत दिर्घरोगीले कोभिडबाट बच्नका लागि सकेसम्म घरमै बस्न र निस्कनै परेपनि अनिवार्य मास्कको प्रयोग गर्न र सरकारले तयार पारेका स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेमा जोड दिनुभयो ।
कोरोना भाइरसका अनौठो प्रकारका लक्षणहरु देखिरहेको बताउदै उहाले कुनै पनि व्यक्तिलाई एक पटक कोरोना पुष्टि भएपछि दोहोरिने सम्भावना एकदमै न्यून छ तर दोहोरिएको अवस्थामा बिरामीको स्वास्थ्यमा अझ बढी समस्याहरु उत्पन्न गराउँन सक्ने बताउनुभयो ।
बिरामीले ‘केहि भएको छैन’ भन्ने तर ‘अक्सिजनको मात्रा एकदमै कम भएर बिरामी एकदमै सिकिस्त बनाउने हुनाले यो रोगलाई साइलन्ट किलर पनि भन्ने सकिने’ डा.पंगेनीको भनाई रहेको छ । ‘डाक्टरको सल्लाह बिना कुनै एन्टिवायोटिक खान नहुने’ बताउदै उहाँले ‘आवश्यकताअनुसार रेम्डेसिभर, स्टेरोइड र रगत पगाल्ने इंजेक्सन दिने गरिएका’े वहाँले बताउनु भयो ।
‘अक्सिजन कम भएमा घरमा घोप्टो परेर तथा कोल्टे फेरर सुत्दा केहि अक्सिजनको मात्रामा सुधार हुनसक्ने’ उहाँको भनाई रहेको छ । कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ओन्कोलोजिस्ट डा अरुण शाहीले नियमितरुपमा किमो चढाइरहेका , ब्लड क्यान्सर, बोन म्यारो ट्रान्सफर गरिरहेका बिरामीलाई कोभिडको भाइरसले बढि आक्रमण गर्ने सक्ने सक्ने बताउनुभयो ।
उहाँले कोभिड १९ भन्दा पनि क्यान्सरको रोग खतरनाक भएकाले विभिन्न स्वास्थ्यसम्बन्धि मापदण्ड पुरा गरेर क्यान्सर रोगको उपचारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । क्यान्सरको बिरामीसित बस्दा आफु तथा आफ्नो सम्पूर्ण परिवारलाई नै कोभिड १९ले आक्रमण गरेको भन्दै कोभिड १९ सित डराउने होइन सहजरुपमा स्वीकार गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
क्यान्सर सर्वाइवर रुबी क्षेत्री, सिर्जना लुइटेल, सिता ढकाल, कमल पौडल र दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले कोभिडबाट विजय प्राप्त गरेको अनुभव सुनाएका भएको थियो ।
सोसाइटीकी कोषाध्यक्ष बिनु केसीले आर्थिक रुपमा कमजोर रहेका क्यान्सर बिरामीहरुलाई आर्थिक सहयोग गर्ने देखि लिएर, क्यान्सर बिरामीलाई सकारात्मक सोचको विकास गराउने, डाक्टरसित अन्तरक्रिया गर्ने, स्कुल र कलेजमाहरुमा गएर स्क्रीनिंग लगायत स्यास्थ्य सम्बन्धि विभिन्न सचेतनामूलक कार्यक्रमहरु विगत लामो समय देखि गर्दै आइरहेका बताउनुभयो ।
उहाँले सोसाइटीले क्यान्सर बिरामीलाई घरमै गएर परीक्षण गर्दै आएकोमा लकडाउनको अवधिभरि क्यान्सर बिरामीलाई विभिन्न वेभिनार र फोनबाटै पनि सकारात्मक सोचको विकास गरि क्यान्सर रोगको समयमै पहिचान गर्न सके अन्य रोगहरु जस्तै निको हुने रोग हो भन्ने कुराको जानकारी दिदै आइरहेको बताउनुभयो ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #क्यान्सर सर्वाइवर सोसाइटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्