दक्षिण पूर्व एशिया देश कोभिड १९ विरूद्ध एकजुट

काठमाडौँ,ः विश्व स्वास्थ्य संगठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस (कोभिड १९) का विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
हिजो (बुधबार) र आज विहीबार भएको बैठकले कोभिड १९ का विरूद्ध दक्षिण पूर्वी एसियाका ११ देशले साझा प्रतिकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।
बैठकमा सहभागिले क्षेत्रीय स्तरमा स्वास्थ्यका क्षेत्रमा भएका प्रगति तथा चुनौतीमाथि छलफल भएको थियो । कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने रणनीति, आवश्यक स्वास्थ्य सेवा सुचारु राख्ने उपाय र नव सामान्यीकरण तर्फ अगाडि बढ्न सघाउने कदमहरूबारेका समेत विशेष छलफल भएको थियो ।
कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि हालसम्म अपनाइएका प्रयास तथा चुनौती र आगामी कार्यदिशाका बारेमा एघार वटा देशले आआफ्नो अनुभव र योजना आदानप्रदान गरेका थिए ।
बैठकलमा स्वास्थ्य जनशक्तिको सुदृढीकरण दशकमा हालसम्म भएका प्रगति तथा चुनौतीहरु, क्षमता तथा अवसरहरूको मध्यावधि समीक्षा र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यहरूका दिशामा भएका प्रगति समेटिएको वार्षिक प्रतिवेदन क्षेत्रीय निर्देशक डा पुनम सिंहले उक्त बैठकका प्रस्तुत गर्नु भएको थियो ।
यस्तै बैठकमा यस क्षेत्रका प्रमुख प्राविधिक विषयमा हरेक देशले आआफ्नो देशमा भए गरेका कार्यको जानकारी दिनुका साथै सुधारका पक्षका बारेमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य समुदायलाई रचनात्मक सुझावहरू दिएका थिए ।
प्राविधिक विषयहरूमा शारीरिक सक्रियता र गतिविधिहरूको प्रवर्धन गर्ने, रक्सीको हानिकारक प्रयोग घटाउने, औषधीहरूमा सबैको पहुँच सुनिश्चित गर्ने, डेंगू नियन्त्रण गर्ने र मलेरिया, दादुरा र रुबेला उन्मूलन गर्ने जस्ता क्षेत्रीय समितिका पूर्व प्रतिबद्धता तथा निर्णयहरूको कार्यान्वयनमा विषयमा समेत छलफल भएको थियो ।
बैठकमा माल्दिभ्सले रूवेला उन्मुलन, म्यानमारले ट्रकोमा नियन्त्रण र श्रीलंकाले रूवेला उन्मुलन र आमाबाट नवजातमा सर्ने एचआईभी उन्मूलन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बैठकको अध्यक्षता थाइल्याण्डका उप प्रधानमन्त्री तथा जनस्वास्थ्य मन्त्रीज्यूले गर्नु भएको थियो भने नेपालका स्वास्थ्य तथा जनसंख्या भानुभक्त ढकालले सहअध्यक्षता गर्नु भएको थियो ।
थाईल्याण्डमा आयोजना हुनुपर्ने यस बैठकलाई कोभिड महामारीका कारण पहिलो पटक भर्चुअल रूपमा सञ्चालन गरिएको थियो ।
दुई दिनेचलेको बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक, डा. टेड्रोस अधानोम गेब्रेयेसुस, विश्व स्वास्थ्य संगठन ( दक्षिण पूर्व एशिया)का क्षेत्रीय निर्देशक, डा. पुनम क्षेत्रपाल सिंह, यस क्षेत्रका ११ सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा वरिष्ठ स्वास्थ्य अधिकारीको सहभागिता रहेको थियो ।
आगामी बर्ष दक्षिण पुर्बी एसिया क्षेत्रको ७४ बैठक सन् २०२१ को सेप्टेम्बरमा नेपालमा आयोजना हुने छ । शरद शर्मा
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्