अपरेशन बिना पनि गर्न सकिन्छ नशा च्यापिएको सफल उपचार – डा. गैरे
प्राकृतिक चिकित्सा औषधीविहीन चिकित्सा

योग तथा प्राकृतिक चिकित्सा पद्धति औषधीविहीन चिकित्सा पद्धति हो । यस पद्धतिमा बिना औषधी र बिना अपरेसन उपचार गरिन्छ । साइड इफेक्ट समेत नहुने यस विधिबाट गरिने उपचार पद्धति समेत प्राकृतिक नै मानिन्छ ।
योग तथा प्राकृतिक चिकित्सा प्राचीन कालमा हिमवत खण्डका ऋषिमुनिहरुको अथक साधनाबाट विकास भएको हो । यस पद्धतिमा विशेषतः जल, तेज, वायु, आकाश र पृथ्वी अर्थात प्राकृतिक पञ्चतत्वको प्रयोग गरी उपचार गरिन्छ ।
प्राकृतिक चिकित्साको वैज्ञानिक परीक्षणः
अहिले पूर्वीय दर्शनमा आधारित यस्ता उपचारका विधिहरुको वैज्ञानिक अध्ययन र प्रयोग समेत भइसकेको छ । थप अनुसन्धानहरु भइरहेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका विभिन्न विकसित देशहरुमा हाम्रो पूर्वीय दर्शन परम्परामा विकास भएका यस्ता उपचार पद्धतिहरु माथि प्रयोग शुरु भइसकेको छ । अहिले हामीले यस अस्पतालमा पनि वैज्ञानिक तवरबाट प्रमाणित प्राकृतिक उपचार विधिहरु अपनाउँदै विरामीको उपचार गरिरहेका छौं ।
प्राकृतिक चिकित्सामा प्रयोग हुने विधिहरु
यस चिकित्सा पद्धति अन्तरगत विभिन्न थेरापी पद्धतिहरुको प्रयोग गरिएको हुन्छ । मसाज थेरापी, हाइड्रो थेरापी, फास्टिङ थेरापी, फिजिकल थेरापी, एक्युपञ्चर, एक्युप्रेसर लगायतका विधिहरु मुख्य हुन् । यी उपचारका विधिहरुले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजिवी बनाउँछन् । हुनतः सबै किसिमका चिकित्सा पद्धतिहरुका आ–आफ्नै किसिमका राम्रा पक्ष र सीमितताहरु हुने गर्छन् । यद्यपि कुन अवस्थामा कस्तो पद्धति प्रयोग गर्ने भन्ने कुरा उपचारमा खटिने स्वास्थ्यकर्मीले नै विचार गर्नुपर्ने हुन्छ ।
विशेष गरी दीर्घकालिन रोगहरु उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरुको अलावा ढाड दुख्ने, पाोस्चरल केयर अन्तरगतका समस्याहरु (कम्मर दुख्ने, गर्धन दुखाई, पेट दुख्ने, नसा च्यापिएका) लगायत समस्याहरुमा योग तथा प्राकृतिक चिकित्सा बढी प्रभावकारी हुने गरेको छ । अव्यवस्थित जीवनशैली, बढ्दो तनाव र खानपान व्यवस्थित हुन नसकेको कारण उत्पन्न हुने पेट सम्बन्धी समस्याहरु (ग्याष्ट्राइसिस, कब्जियत), टाउको दुखाई (माइग्रेन), रुघाखोकी, पिनास लगायतका समस्याहरु समेत यस किसिमको प्राकृतिक चिकित्सा पद्धति निकै प्रभावकारी देखिएको छ ।
नेपाल सरकारले वि.सं २०५९ असार २० गतेको निर्णयबाट राष्ट्रिय चिकित्सा पद्धतिमा प्राकृतिक चिकित्सालाई पनि समेट्ने गरी गरिएको व्यवस्थाले प्राकृतिक चिकित्सालाई समेत उपचारको नयाँ पद्धतिको मान्यता दिएसँगै अहिले हरेक बर्ष असार २० लाई अहिले राष्ट्रिय चिकित्सा दिवसको रुपमा मनाउँदै आइएको छ । जुन हामी सबैको लागिा खुसीको कुरा हो ।
शरीर, मन र आत्मा बीचको सन्तुलनमा प्राकृतिक चिकित्सा
अहिलेको आधुनिक अभ्यासमा पनि शरीर, मन र आत्मा (Body, Mind & Soul) अर्थात आध्यात्मिक, मानसिक र शारीरिक स्वास्थ्य र आपसी सन्तुलनको लागि प्राकृतिक चिकित्सा तथा योग पद्धतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न ठूलो सहयोग पुर्याएको छ ।
प्राकृतिक चिकित्साको मूल भूमि नेपाल नै हो । अहिले नेपालको सन्दर्भमा प्राकृतिक चिकित्सालाई अपनाइएको छ भन्ने कुरा पनि अर्को अर्को महत्वपूर्ण विषय हुन सक्छ । राज्यले अहिले सम्म यस विधिलाई विशेष महत्व दिएको भने पाईंदैन । यसो हुनुमा सम्बन्धित नीतिनिर्मातामा प्राकृतिक उपचार पद्धतिको बारेमा ज्ञान नहुनु एउटा कारण हुनसक्छ । अर्को भनेको आफुसँग भएका विधिलाई थप अनुसन्धान सहित परिष्कार गर्दा हुने झण्झटबाट मुक्त रहने र तत्काल नै लाभ लिन चाहने बानी विरामी एवं नीतिनिर्मातामा समेत विकास भएको हुन सक्छ । हामीसँग भएका विधि नै हाम्रा सम्पत्ति हुन् । यसबाट स्वास्थ्य लाभको अलावा राम्रो आर्थिक लाभ र हाम्रो मौलिक पहिचान समेत विश्वबजारमा स्थापित हुन सक्छ भन्ने कुराको ख्याल यस सँग सरोकार राख्ने नेपाल सरकार मातहतका अधिकारप्राप्त व्यक्ति र निकायले हेक्का नराख्नु वा त्यस प्रति चासो नदिनु पनि हुन सक्छ । यसको अलावा केही चासो हुँदाहुँदै पनि स्रोतसाधन र आधुनिक प्रविधिको अभावकै कारण समस्या सृजना भएको रहेछ भने विश्वबजारका आधुनिक प्रविधि भित्र्याउने तर्फ हाम्रो ध्यान जानु जरुरी देखिन्छ ।
नेपालमा प्राकृतिक चिकित्साले पाएको स्थान
अहिले योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य मन्त्रालय अन्तरगत हुँदाहुँदै पनि यसलाई योग तथा आयुर्वेदिक विभाग भित्र वैकल्पिक चिकित्सा शाखामा सीमित गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा प्राकृतिक चिकित्सालाई राखिएको हुँदा यस पद्धतिको जति व्यापक प्रचारप्रसार हुनुपर्ने थियो, नेपाल सरकारले जुन रुपमा यसको व्यापकताको लागि पहल गर्नपर्ने थियो, त्यो हुन सकेको छैन । अहिले पनि यो राज्यको प्राथमिकतामा नपरेको उपचार विधिको रुपमा परिचित छ । यसले गर्दा अहिले योग तथा प्राकृतिक चिकित्सामा यदाकदा केही विकृतिहरु समेत देखिएका छन् । ती विकृतिको पहिचान र समाधानमा समेत राज्यको ध्यान जान सकेको छैन । यसकारण योग तथा प्राकृतिक चिकित्सा विधिबाट उपचार गर्ने विरामीहरुले पनि सर्वप्रथम आधिकारिक योग तथा प्राकृतिक चिकित्सा विधि अपनाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी हुन् भन्ने यकिन गरेर मात्र उपचार गराउनुपर्ने जरुरी छ ।
प्राकृतिक चिकित्साको अलग पहिचान बन्नु जरुरी छ
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्साको लागि छुट्टै स्वतन्त्र शाखा नै स्थापना गर्नुपर्छ । साथै सम्भव भएसम्म छुट्टै काउन्सिल नै स्थापना गर्नुपर्ने जरुरी समेत देखिएको छ । यसबाट मात्र योग तथा प्राकृतिक चिकित्साको अलग पहिचान बन्न सक्ने स्थिति रहन्छ । यस पद्धतिको पहिचानलाई माथि उठाउन नेपाल सरकारले पनि समष्टिगत रुपमा अहिलेको अवस्था बारे राम्रोसँग अध्ययन गरी समग्र तथ्याङ्क संकलन गरी त्यसैको आधारमा दीर्घकालिन नीति बनाउनु जरुरी देखिन्छ ।
नसर्ने रोगको जोखिम बढ्दो
अहिले विश्वमा नसर्ने रोग ठूलो चिन्ताको विषय बन्दै गएको छ । नसर्ने रोगले आधुनिक विज्ञानलाई समेत चुनौती दिइरहेको छ । नसर्ने रोगलाई निदान गर्न एवं रोकथाम गर्न योग तथा प्राकृतिक चिकित्साले विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसकारण विभिन्न सरकारी एवं निजी अस्पताल, स्वास्थ्यचौकी एवं आधारभूत स्वास्थ्य केन्द्र सबैमा एकीकृत मान्यता सहित अबका दिनमा विशेष सचेतना एवं प्रवद्र्धनात्मक कार्यक्रम अघी बढाउनु जरुरी देखिएको छ । साथै नेपालमा समेत राज्यले विशेष गम्भीरता सहित प्राकृतिक चिकित्सा विधि अवलम्बन गर्न सकेको खण्डमा प्राकृतिक चिकित्सा नसर्ने रोगको रोकथामको लागि ठूलो वरदान हुन सक्थ्यो ।
विगत र वर्तमानमा प्राकृतिक चिकित्साको अभ्यास
विगतमा हामीले प्राकृतिक उपचार विधिलाई नितान्त व्यक्तिगत अभ्यास र अनुभवमा नै निर्भर रहेर काम गर्नुपर्ने अवस्था थियो । तर अहिले भने यस विधिलाई आधुनिक प्रयोगमा आधारित चिकित्सा अभ्यासको नौलो प्रस्तुतिको रुपमा अगाडि बढाइएको छ । अहिले प्राकृतिक चिकित्सक बन्न साढे ५ बर्षको मेडिकल डिग्री कोर्ष मान्यताप्राप्त सम्बन्धित विश्वविद्यालयबाट अध्ययन गर्नुपर्ने हुन्छ । साथै अहिले प्राकृतिक चिकित्सालाई नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत बिएनवाइएस (व्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्स) नामक मेडिकल डिग्री कोर्ष तयार पारिसकेको छ । सायद भविष्यमा छिट्टै नै यो कोर्ष पढ्ने वातावरण नेपालमा नै शुरुवात हुनेछ । जसले गर्दा यो कार्यक्रम लिन नेपालमा नै सहजता हुन सक्ने अपेक्षा गर्न सकिन्छ । अहिले यस क्षेत्रमा काम गर्ने दुइ किसिमका व्यक्तिहरु हुुनुहुन्छ । योग तथा प्राकृतिक चिकित्सा जोगाउन अहिले सम्म आफ्नै अनुभवलाई आधार मान्दै उपचार गराइरहनुभएका व्यक्तिहरुको पनि ठूलो योगदान छ ।
शरीर, मन र आत्मा (Body, Mind & Soul) अर्थात आध्यात्मिक, मानसिक र शारीरिक स्वास्थ्य र आपसी सन्तुलनको लागि प्राकृतिक चिकित्सा तथा योग पद्धतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न ठूलो सहयोग पुर्याएको छ ।
प्राकृतिक चिकित्साको मूल भूमि नेपाल नै हो । अहिले नेपालको सन्दर्भमा प्राकृतिक चिकित्सालाई अपनाइएको छ भन्ने कुरा पनि अर्को अर्को महत्वपूर्ण विषय हुन सक्छ । राज्यले अहिले सम्म यस विधिलाई विशेष महत्व दिएको भने पाईंदैन । यसो हुनुमा सम्बन्धित नीतिनिर्मातामा प्राकृतिक उपचार पद्धतिको बारेमा ज्ञान नहुनु एउटा कारण हुनसक्छ ।
त्यसैगरी नयाँ आधुनिक कोर्ष अध्ययन गरेर आधिकारिक प्रमाणपत्र लिएर आउनुभएका व्यक्तिहरु पनि नेपालमा करिब १ सयको सङ्ख्यामा हुनुहुन्छ । २ सय भन्दा बढी व्यक्तिले विभिन्न देशहरुमा अध्ययन गरिरहेको अवस्था छ । यद्यपि परम्परागत रुपमा अभ्यास गर्दै आउनुभएका व्यक्तिहरुको सङ्ख्या भने यकिन गर्न सकिएको छैन । साथै आधुनिक तवरले उपचार गर्ने योग तथा प्राकृतिक चिकित्सा सेवा प्रदायक अस्पतालहरु समेत नेपालमा अहिले २ दर्जन नाघिसकेका छन् ।
पछिल्लो समय योग तथा प्राकृतिक चिकित्सा क्षेत्र प्रतिको चासो विस्तार गर्ने कार्यमा सञ्चार माध्यमको समेत महत्वपूर्ण भूमिका छ । हाम्रो तथ्याङ्क अनुसार अहिले दैनिक प्रति अस्पताल औसतमा ४० व्यक्तिहरुले यस्तो सेवा लिइरहनुभएको छ । समग्रमा हेर्दा दैनिक समग्रमा ३ सय देखि ४ सय व्यक्तिले यस विधिबाट गरिने उपचारलाई आफ्नो जीवन पद्धतिको रुपमा अपनाइरहनुभएको हुनुपर्छ ।
अन्त्यमा,
योग तथा प्राकृतिक चिकित्साबाट गरिने उपचारमा बढी समय खर्चिनुपर्छ । तर तुलनात्मक रुपमा पैसा भने खर्चिलो छैन । विरामीलाई निरन्तर करिब १५-२० दिन चिकित्सकको निगरानीमा नै रहेर उपचार गराउनुपर्ने हुन्छ । यसको लागि खानपिन र आनीबानीमा समेत विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस विधिले प्रिभेन्टीभ, प्रमोटिभ, क्युरेटिभ र रिह्याविलेटिभ गरी चार प्रकारका सिद्धान्तमा रही काम गर्छ । अर्थात पहिले रोग लाग्नै नदिने, रोग लागिहाले त्यसलाई निर्मूल पार्ने, मानिसलाई स्वस्थ बनाउने र पुनस्थापना गर्ने यस विधिका मुख्य सिद्धान्तहरु हुन् ।
सेतो घर
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Kathmandu Naturopathy Hospital
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्