Techie IT
बुधबार, माघ २३,२०८१

प्रगतिशील लेखक सङ्घ महोत्तरीले मनायो सहिद दिवस


मिति २०८१ साल माघ १६ गते बुधबारको दिन प्रगतिशील लेखक सङ्घ महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही )को अध्यक्षतामा सन्दर्भ :सहिद दिवस, सहिदले देखाएको बाटो रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रलेस महोत्तरी सचिव नारद प्र काफ्ले (विश्वास अभियान )ले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई प्रलेस महोत्तरी सहसचिव विशाल बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सहिदहरूको सपना र सहिदले देखाएको बाटो विषयमा आफ्ना महत्त्वपूर्ण विचार प्रस्तुत गर्ने व्यक्तित्वहरूमा बर्दिबास साहित्यिक -सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम ,प्रलेस बर्दिबास नगर अध्यक्ष कुशल अधिकारी ,सर्लाही साहित्य समाजका सदस्य लक्ष्मण पौडेल ,बुढ्यौली साहित्य समाज धनुषाका कोषाध्यक्ष दुर्गा गौतम ,जनजागृति आ वि बर्दिबासका प्र अ अम्बिका प्र दहाल,प्रलेस सदस्य श्याम यादव ,बर्दिबास उद्योग बाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ ,मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल,प्रलेस मधेस प्रदेश समिति सचिव भिम कु राउत ,उपाध्यक्ष रुद्रसेन विश्वकर्मा ,ने क पा एमाले मधेस प्रदेश स्कुल विभाग प्रमुख शंकर महतो, शिक्षा सुधारका अभियन्ता ,साहित्य प्रेमी तथा समाजसेवी राजन ढुङ्गाना, प्रलेस केन्द्रीय पार्षद अग्नि कवच र प्रलेस केन्द्रीय सदस्य जीवनस्पर्शी सम्पूर्णले सहिद दिवस विशेष अन्तरक्रिया समय सापेक्ष भएको दावी गर्दै वर्तमानमा सहिदको सपना पूरा नभएको र त्यसतर्फ ध्यानाकर्षण गराउन प्रगतिशील लेखक सङ्घले लेखकीय ढङ्गबाट मुख्य भूमिका निर्वाह गरोस् र गर्नेछ भन्ने विचार समेत व्यक्त गरिएको थियोे । सो कार्यक्रममा प्रलेस नगर कोषाध्यक्ष मिना आले र जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबासको सक्रिय सदस्य विद्या साहको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा सहिद केन्द्रित रचना वाचन गरिएका थिए । रचना वाचन गर्ने स्रष्टाहरूमा दशक बलम्पाकी, विद्या साह, मिना आले, लिला गौतम ,अम्बिका प्र दहाल, कुशल अधिकारी ,विमला वि क, लक्ष्मण पौडेल ,दुर्गा गौतम ,विशाल बस्नेत ,विपिराज दहाल, श्याम यादव ,भिम कुमार राउत ,नारद काफ्ले ,रुद्रसेन विश्वकर्मा ,शंकर महतो र नारायण घिमिरेले प्रस्तुत गरेका थिए । भने कार्यक्रममा विदुषी दहाल, जीवनराज दाहाल, सुशील यादव, ओम केसरी यादव ,कृष्ण कुमार यादव र मोनालिसा बलम्पाकी लगायतको उपस्थिति थियोे ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष विपुल विद्रोहीले सहिद दिवस विशेष अन्तरक्रिया तथा रचना वाचन कार्यक्रममा आफ्ना विचार प्रस्तुत गर्दै प्रगतिशील लेखक सङ्घले लेखकीय कोणबाट हरेक राजनीतिक संस्था वा व्यक्तिले सहिदको सपनालाई पूरा गर्ने हौसला ,उत्प्रेरणाका साथै खबरदारी गर्ने रचना सिर्जना गर्नु प्रगतिशील लेखकहरूको दायित्व हो भन्ने कुरालाई आत्मसात गरि कर्ममा लाग्ने काम अनुसरणीय छ भन्दै वक्ताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै सबैको साथसहयोगबाट अगाडि बढ्ने कुरा राख्दै कार्यक्रममा हल उपलब्ध गराउनु हुने बर्दिबास उद्योग बाणिज्य सङ्घप्रति हार्दिक आभार व्यक्त गरि कार्यक्रम समापन गरेका थिए ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545