Techie IT
बुधबार, माघ २३,२०८१

जनता साहित्यिक मञ्च गौरीडाँडाको छैठौँ शृङ्खला सम्पन्न


मिति २०८१ माघ ११ गते शुक्रबारका दिन जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास -३ को छैठौँ शृङ्खला सम्पन्न भएको छ । सो शृङ्खला मञ्चको तल्लो सदनको संयोजनमा भएको हो ।

विद्यार्थीहरूलाई साहित्य सिर्जनामा सक्रिय सहभागी गराउने उदेश्यले यस वर्षबाट जनता मा वि गौरीडाँडामा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई आबद्ध गराई जनता साहित्यिक मञ्च गौरीडाँडाको तल्लो सदन सञ्चालन गरिएको हो ।

सो कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको बाक्लो उपस्थिति थियोे । उक्त कार्यक्रममा विभिन्न लयका कविता र गजल वाचन गरिएका थिए । विद्यार्थीलाई कविता वाचनप्रति हौसला प्रदान गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा विद्यालयका शिक्षकहरू रामचन्द्र पौडेल, लक्ष्मी कार्की, पवित्रा फुयाल, विवेक भुजेल, पुष्पा बराल, इन्दिरा बोलन र विद्यालयका सहायक प्रअ महेश ढुङ्गाना अतिथिका रुपमा सहभागी थिए ।

उक्त कार्यक्रम यस विद्यालयका सहायक प्रअ सरिता कार्कीको अध्यक्षतामा भएको हो भने कार्यक्रम शिक्षिका लक्मी कार्कीले सञ्चालन गरेकी थिइन् ।

 

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545