देशका १० शहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’
काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक सञ्जालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माण पक्ष पनि उत्साहित छ ।
निर्माण युनिटले फिल्मको प्रचारका लागि ‘जोक जात्रा’ आयोजना गर्ने भएको छ । अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो टुर देशका विभिन्न १० शहरमा हुनेछ ।
माघ ६ गते नेपालगन्जबाट सुरु हुने टुर, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते बिर्तामोड, माघको २० गते इलाममा यो कार्यक्रम हुनेछ ।
यो टुरमा फिल्मका कलाकारहरू पनि सहभागी हुनेछन् । माघको ६ गतेबाट सुरु हुने कार्यक्रम माघको २१ गतेसम्म चल्नेछ । ‘जोक जात्रा: स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो ।
दीपेन्द्र लामाको निर्देशनमा हिमाल कडरियाले निर्माण गरेको फिल्म ‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #देशका १० शहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्