Techie IT
आईतबार, वैशाख ७,२०८२

विवाह बन्धनमा बाँधिए प्रियंका र आयुष्मान


काठमाडौं : अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की आज बिबाह बन्धनमा बाँधिएका छन् ।

लामो समयको प्रेम सम्बन्ध पश्चात आयुष्मान र प्रियंकाले बिहे गरेका हुन् । करिव डेढ वर्ष अगाडि इंगेजमेन्ट गरेका यो जोडीले गत असारमा विवाहको घोषणा गरेका थिए तर समयको व्यस्तताका कारण उनीहरूको विवाह हुन रोकिएको थियो ।

आज फागुन १५ गते, बिहिबार प्रियंकाको जन्मदिनको अवसर पारेर आयंका जोडीले जिल्ला अदालत ललितपुर पुगेर विवाह गरेका हुन् । उनीहरुको विवाहमा पारिवारिक सदस्यहरुको सहभागिता रहेको थियो ।

भोलि फागुन १६ गते भने उनीहरुको रिसेप्सन पार्टी हुनेछ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रियंका र आयुष्मान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545