बर्दिबास साहित्यिकको अर्को एउटा शृङ्खला

यही मिति २०८१ साल मंसिर ०८ गते शनिबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६४ औं शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
शृङ्खलामा प्रस्तुत भएका रचनामाथि समीक्षासमेत गरिएकोले कार्यक्रम रोचक भएको थियो । यस अघि रचना वाचन सकिएपछि सामान्य चर्चा पाउने रचनाले यो पटक भने पालैपालो समीक्षा गरिएको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य सहित रचना वाचन गर्ने अतिथि स्रष्टाहरूमा साहित्य अनुरागी तथा मगही भाषा अभियन्ता नवल किशोर महत, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले, प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्ले, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, अखिल नेपाल लेखक सङ्घ मधेस प्रदेश अध्यक्ष तथा प्रलेस मधेस प्रदेश सचिव भिम राउत, प्रलेसका केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी र जनसांस्कृतिक महासङ्घका मधेस प्रदेश अध्यक्ष नाट्यकर्मी राजेश सक्सेना थिए भने यसको व्यवस्थापकीय भूमिकामा प्रतिष्ठानका प्रचारप्रसार विभाग प्रमुख जीवनराज दहाल थिए । कार्यक्रममा श्री देउराली मा वि बर्दिबास -१, महोत्तरीका प्र.अ. कुमार घिमिरे अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रममा विभिन्न लयका कविता, गजल र गीत प्रस्तुत गरिएका थिए । रचना प्रस्तुत गर्ने स्रष्टाहरूमा नवल किशोर महतो, रोचकमणि पौडेल, विश्वास अभियान, बन्चरो, जीवनस्पर्शी, पवन वाग्ले, भिम राउत र राजेश सक्सेनाले वाचन गरेका थिए भने भने कार्यक्रममा विजय ठाकुर, आदित्य साह, रितेश साह, दीक्षान्त परियार, सुवास मण्डल, विशाल पण्डित, अमोद वि.क, समर यादव र उमा खड्का लगायतको उपस्थिति थियोे ।
कार्यक्रममा बोल्दै अतिथि राजेश सक्सेनाले साहित्यले समाजका दुःख, पीडा र समस्या उजागर गर्दै समधानको बाटो लिनुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए । यसैगरी आजका रचनामा वर्तमान समयमा राजनीतिले समाजमा फैलाएका वितृष्णालाई खरो उपमा उठान गरेको पाइयो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६४ औं शृङ्खलामा सहभागी भई ार्यक्रम सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न अहम् भूमिका खेल्ने अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम श्री देउराली मा.वि.को प्राङ्गणमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्