Techie IT
मंगलबार, वैशाख ९,२०८२

बर्दिवासका उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक


केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जिवनाथ पोखरेल ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् ।

उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको भिडियो भर्खरै मात्र OSR Digital र ‘बर्दिवास मिडिया हाउस’ मार्फत सार्वजनिक गरिएको छ ।

१८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर ‘उल्टो साइकल यात्री’को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छयाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् । गीतको भिडियोमा पोखरेललाई सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् ।

पोखरेल स्वयंले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवास वासीको मन मुटुमा बस्न सफल भएको छ ।
वडा नं. १ का वडा सचिब पनि रहेका पोखरेललाई उक्त गीतको सफलताको धेरै धेरै शुभकामना ।।

– पञ्चामृत कार्यक्रम परिवार
तथा साझापाना डट कम परिवार


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545