बर्दिबास साहित्यको नयाँ अङ्क सम्पन्न

यही मिति २०८१ साल असोज ५ गते शनिबारको दिन यस प्रतिष्ठानको ६२ औं शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सञ्चालन गरेकोे उक्त कार्यक्रम सफलताको शुभकामना दिने अतिथि स्रष्टाहरूमा साहित्य संवर्दन केन्द्र महोत्तरी सदस्य प्रविणा पल्लवी, प्रलेस मधेश नेपालका कोषाध्यक्ष तथा मगही भाषा अभियान्ता फुलगेन मगही, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्र.काफ्ले, लेखनाथ स्मृति सदन महोत्तरी उपाध्यक्ष दिनेश गरिब पौडेल, साहित्य प्रेमी नारायण खड्का, जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्य विमला विक, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल, बर्दिबास नेवा सेवा समाजका अध्यक्ष धन नारायण श्रेष्ठ र बृहत साहित्य समाज मधेश प्रदेश संयोजक तथा प्रलेस मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा विभिन्न लयका गीत, गजल, मुक्तक, कविता वाचन गरिएका थिए । रचना वाचन गर्ने स्रष्टाहरूमा राजन पौडेल, विपिन विक, सागर आले, प्रतिमा पौडेल, प्रविणा पल्लवी, फुलगेन मगही, राजु लामा, सुम्निमा भण्डारी ,विवेक न्यौपाने ,नारायण खड्का ,बन्चरो ,नारायणराज दहाल, दिनेश गरिब, विपिराज दहाल,धन नारायण श्रेष्ठ ,नारायण घिमिरे र विपुल विद्रोहीले वाचन गरेका थिए । साथै कार्यक्रममा प्रविण पौडेल ,पर्वत पौडेल ,आलोक महतो, प्रनिशा ढुङ्गेल, विनिसा वराल, रसिक पौडेल ,अन्सु श्रेष्ठ ,सुनिक्षा खड्का ,दिव्या भारती ,जीवनराज दाहाल, ईश्वर काफ्ले, यशोदा श्रेष्ठ, सुशान्त खड्का, सरस्वती खड्का, प्रसंशा वाग्लेसमेतको उपस्थिति थियोे ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६२ औं शृङ्खलामा उपस्थिति हुनु भएका अतिथि लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरि कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम श्री देउराली मावि बर्दिबास -१,को सभाहलमा भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्