Techie IT
मंगलबार, वैशाख ९,२०८२

बर्दिवासमा साहित्य र सङ्गीतको वर्षा हुने


बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६१ औं अङ्क विशेष सम्पन्न हुने साहित्यिक तथा साङ्गीतिक कार्यक्रम यही मिति २०८१ साल भदौ ८ गते शनिबार बिहान ११ बजे महोत्तरीको बर्दिवास चोकमा रहेको दिव्य भवनमा हुँदै छ । उक्त कार्यक्रममा बर्दिवासकी बुहारी कविता दाहालको शब्द रचनामा चर्चित भारतीय गायिका (भजनकी रानी) अनुराधा पौडवालको स्वर तथा चर्चित सङ्गीतकार शिखर सन्तोषको सङ्गीतमा तयार भएको गीति भजनको भिडियो लोकार्पण हुने भएको छ ।

लोकार्पण पश्चात् साहित्य र सङ्गीतको प्रस्तुति रहने उक्त कार्यक्रम डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ । बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानले सम्पूर्ण साहित्य अनुरागीहरूलाई यसै समाचार मार्फत निमन्त्रणा गरेको छ ।

बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न हुन लागेको ‘भजन लोकार्पण तथा साहित्य सङ्गीत कार्यक्रम’लाई सफलताको शुभकामना व्यक्त गर्दछौं, साझापाना डटकम परिवार ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545