‘छ माया छपक्कै’को रिलिज डेट असोज २४ मा

काठमाडौं – नेपाली कथानक चलचित्रचलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । यसअघि दसैं अगाडि अथवा पछाडि रिलिज गर्ने भन्नेमा अन्योल रहेको थियो । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ ।
लोक शैलीमा रोमान्टिक तरिकाले तयार पारिएको गीतमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायत कलाकार मुख्य भूमिकामा छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्