प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक

काठमाडौं । तामाङ चलचित्रक्षेत्रमा आफ्नो प्रभावशालि स्थान बनाउन सफल प्रबिन्स् मोक्तानले गीत संगीत क्षेत्रमा समेत चर्चा कमाउन थालेका छन् ।
करिब १ दर्जन गीतमा आवाज दिईसकेका मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक भएको छ ।
काठमाडौं पहेंलोपुल(भत्केकोपुल) स्थित वर्गर हाउसमा एक समारोह बिच गीतको बिमोचन गरिएको हो ।
आदिबासी जनजाती महासंघ युएई तथा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम यसै गीतका संगीतकार जि.बि.लामाले सन्चालन गरेका थिए ।
पुर्वेली अर्जुनको शब्द ,जि.बि.लामाको संगीत रहेको यो गीतमा गायक प्रबिन्स् मोक्तान र गायीका सुमिना लो ले स्वर दिएका छन् ।
शुक्र लामाको एरेन्ज रहेको यो गीत दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
यो गीत बिशुद्ध मनोरन्जनको लागि बनाईएकोले श्रोताहरुले यसलाई मन पराए चाँडै भिडियो सहित आउने तयारी रहेको गायक प्रबिन्स् मोक्तानले जानकारी गराएका छन् ।
आम श्रोताहरुले यो गीत प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानलमा सुन्न सक्नुहुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्