Techie IT
मंगलबार, वैशाख ९,२०८२

बर्दिवास साहित्यको नयाँ अङ्क भव्यताकासाथ सम्पन्न


यही मिति २०८१ साल असार १ गते शनिबारको दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिवास महोत्तरीको ५९ औं (उनन्साठीऔं) शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सञ्चालन गरेको साहित्य शृङ्खलामा जनजाति महासङ्घ महोत्तरी अध्यक्ष तथा बर्दिवास नेवा समिति अध्यक्ष धन नारायण श्रेष्ठ विशिष्ट अतिथि थिए । उक्त कार्यक्रममा शुभकामना दिने अतिथिहरूमा जेष्ठ साहित्यिक व्यक्तित्व नारायण खड्का, अखिल नेपाल लेखक सङघका केन्द्रीय सदस्य तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्ले, प्रलेसका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए भने कार्यक्रममा लेखनाथ ओझा, जनसांस्कृति महासङ्घका केन्द्रीय सदस्य विमला विक अतिथिका रुपमा उपस्थिति थिए ।

सो कार्यक्रममा विभिन्न लयका गीत, कविता, गजल र मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा अन्शु श्रेष्ठ, विपिन विक, दशक बलम्पाकी, पल्लवी माझी, अन्जान विक, विनिसा बराल, लिली बस्नेत, प्रिन्स चौधरी, प्रनिश कार्की, आस्था महतो, सागर आले, क्रिन्स चौधरी, नारायण खड्का, जीवनराज दहाल, यशोदा श्रेष्ठ, नारद प्रसाद काफ्ले, जीवनस्पर्शी, धन नारायण श्रेष्ठ र विपुल विद्रोही थिए । यसैगरी कार्यक्रममा उमा खड्का, दिव्या भारती, सुनिक्षा खड्का, प्रनिशा ढुङ्गेल, उज्वल गौतम, रसिक राज पौडेल, कुशल भट्टराई, क्रिस कार्की, मोनालिसा बलम्पाकी, अनुस्का महतो, आदर्श महतो, सुशान्त जैसवाल, सुरज महतो, सौरव श्रेष्ठ, आदित्य साह, सुभास मण्डल, आयुष कुमार सिंह, रेहान राइन, युवराज महतो, एलिशा श्रेष्ठ, विजय ठाकुर, समर यादव, सिद्धार्थ साह, उत्सव बराल, सुवासना बराल, अमृता बराल लगायतको भव्य उपस्थिति थियोे ।

कार्यक्रममा बोल्ने वक्ता सबैले प्रतिष्ठानले सञ्चालन गरेको नियमित शृङ्खलाले नयाँ प्रतिभाको खोजी गरि साहित्यको उन्नयनमा दह्रो पाइला चालेको र अझ अगाडि बढ्न सकोस् भन्ने शुभकामना दिए ।
सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि धन नारायण श्रेष्ठले प्रतिष्ठानले बर्दिवास वरिपरिको क्षेत्रलाई साहित्यमय बनाएको कुरा घाम झैँ छर्लङ्ग छ भन्दै आगामी दिनमा अझ‌‌ै झागिँदै जाओस् भन्ने सुभेक्षा व्यक्त गरेका छन् ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानको ५९ औं अङ्कमा सहभागी हुने विशिष्ट अतिथि, अतिथि, प्रतिष्ठानका पदाधिकारी, साहित्य अनुरागी विद्यार्थी भाइबहिनीहरूमा हार्दिक आभार व्यक्त गरेका थिए । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए ।कार्यक्रम श्री देउराली मा वि बर्दिवास -१ को सभाहलमा भएको हो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545