अमेरिकामा बिपुल क्षेत्रीले गरे हंगामा

काठमाडौं । अमेरिकास्थित भर्जीनियामा रहेको पासा म्युजिक ब्याण्डको आयोजनामा हालै मनासास भा एट द सालिसबरी सेन्टरमा एक सांगीतिक कार्यक्म सम्पन्न भयो । सो कार्यक्रममा नेपालका गायक बिपुल क्षेत्रीले भब्य प्रस्तुति दिए। साँझ ७ बजेबाट सुरु भएको उक्त कार्यक्रम राति ११ ३० बजे सम्म संचालन भएको थियो।
जस्मिन श्रेष्ठ,बेसमेन्ट ब्यान्ड र प्रक्स ले सुरुगरेको उक्त कार्यक्रममा पासा ब्याण्डले एक घन्टाको प्रस्तुति दिनका साथै ब्याण्डले हालै तयार गरेको “ विदेशीको सपना “ नामक म्युजिक भिडियोको अनावरण गरिएको थियो । उक्त म्युजिक भिडियोमा दर्शकहरु अत्याँन्त रमाएका थिए ।
त्यस्तै बिपल र टृाभ्लीड ब्यान्डले आगोनै बालेका थिए । उक्त कार्यक्रममा २० वटा गीत प्रस्तुत भएका थिए भने ८०० को संख्यामा दर्शकहरुको उपस्थिति थियो । डी एम भी एरियामा एति भब्य कार्यक्रम पहिलो पटक भएको दर्शकहरुको भनाइ रहेको थियो ।
सह आयोजक साकार थापा,कस्जित भन्डारी र पासा ब्याण्डका आशिष भँडेलका अनुसार छिट्टैनै अरु स्टेटमा समेत यस्तै भब्य कार्यक्रमको आयोजना गरिने तयारी भएको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बिपुल क्षेत्रीले गरे हंगामा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्