गायक रवि ओडको ‘ऐलानी मैलानी’ सार्वजनिक

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्न सकिन्छ ।
उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्म छायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौ ।
म्युजिक भिडियोमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ ।
टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडियोमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।
गीत स्रोता एंव दर्शकहरुले माया गर्नेमा आफु विश्वस्त रहेको र सामाजिक कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्