Techie IT
बुधबार, माघ २३,२०८१

इकुले गायको पहिलो गीत बजारमा


विभिन्न टेलिचलचित्र तथा चलचित्रमा इकुको उपनामबाट चर्चामा आएका चर्चित कलाकार शुलेमान शंकर ‘इकु’ ले भर्खरै मात्र आफ्नो पहिलो गीत ‘मोटाउँछु’ साइराम पिक्चर्स मार्फत सार्बजनिक गरेका छन् ।

जीवनराज दाहालको शब्द, सुभाष भुसालको सङ्गीत, सुलेमान शंकर ‘इकु’ को स्वर रहेको उक्त गीतमा अहिलेकि हट मोडल नम्रता सापकोटा, खगेन्द्र श्रेष्ठ, माया थामी लगायत इकु स्वयंको अभिनय रहेको छ । हाँस्य रसमा आधारित ‘मोटाउछु’ गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

शिशिर खाती कोरियोग्राफर रहेको उक्त भिडियोलाई चलचित्र निर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

‘मोटाउँछु’ गीत हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।


क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545