डा अच्युत शर्मा र रविन शर्माको गीत “आमा” सार्वजनिक

महाकवि देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री…’ गाएर सर्वाधिक लोकप्रियता कमाएका वरिष्ठ गायक रविन शर्माले म्युजिक नेपालको च्यानल मार्फत डा अच्युत शर्माको शव्द रचनामा “आमा” गीत लिएर सांगीतिक वजारमा पुनरागमन गरेका छन। यस गीतमा सुगम संगीतका लोकप्रिय संगीतकार राजु सिंहको संगीत रहेको छ। गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।
बिहिबार सार्वजनिक गरिएको गीतमा रविन शर्मा स्वयम् लाइ फिचरिङ्ग गरिएको छ। राजन भुजेलले निर्देशन गरेको भिडियोले गीतको भावलाई सरल तरिकाले उतारेको छ।
सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका गीतकार प्राडा अच्युत शर्मा मन्दिर र मुर्तिमा भन्दा पनि मानव कल्याण र दीन दुखीको सेवामा ठूलो धर्म देख्छन । पशुपति नाथ मन्दिर नजिकै वृद्धाश्रम पुगेपछि देखिएको दृष्य र तिनले मनमा छोए पछि उव्जेका भावनालाई ‘आमा” गीत मार्फत अभिव्यक्त गरेको बताउञ्छन गीतकार शर्मा। यस गीत मार्फत डा शर्माले आमाको महिमा गान गर्दै सन्तानलाइ दायित्व वोध गराउने प्रयास गरेका छन्।
संचार कर्मीको समेत पहिचान बनाएका रविन शर्मा गीतको संख्यामा भन्दा पनि गीतको भाव र गम्भीरतामा महत्व दिने गायकको रुपमा चिनिन्छन। मनको भित्री तहसम्म छुने शव्दहरूमा आफ्नो स्वराङ्कन गरी सम्पूर्ण आमाहरूप्रति गीत मार्फत सम्मान व्यक्त गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउंदै यो गीतमार्फत लामो समय पछि सांगीतिक दुनियामा आफ्नो ‘कम व्याक’ भएको सुनाउञ्छन।
गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाहरूबाट आफूहरू उत्साहित भएको बताउञ्छन गीतकार तथा गायक शर्मा द्वय ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्