Techie IT
सोमबार, वैशाख ८,२०८२

रायमाझी परिवारको “नक्कले भिनाजु ७” तीज गीत सार्बजनिक


काठमाडौँ,पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीत र अन्य गीतहरु आइरहेका छन । तिज नजिकिएसङ्गै कलाकारबिच तीजको गीत सार्वजनिक गर्ने प्रतिस्प्रर्धा नै शुरु भएको छ । यसैक्रममा रायमाझी परिवारको “नक्कले भिनाजु ७ कालो चस्मा खै” बोलको तीज गीत शुक्रवार सार्वजनिक भएको छ । उक्त गीत बजारमा आएपछि गीतले चर्चा पाएको छ ।

बिशाल रायमाझीको शब्दरसंगीत रहेको “नक्कले भिनाजु ७” बोलको तीज गीतले अहिले बजार तताएको छ । गीतमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर आवाज रहेको छ भने सुरबीर पण्डित (दारी बा) बिशाल रायमाझी,एलिना रायमाझी र सन्ध्या क्षेत्रीले भिडियो खेलेका छन ।

राजकुमार मगरको निर्देशन बिजय बुढा मगरको कोरियोग्राफी प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको उक्त गीत
बिशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत हेरेर प्रतिकृया दिनको लागी रायमाझी परिवारले सबै लोकसंगीतप्रेमी दर्शकलाई अनुरोध गरेका छन ।
यो गीतबाट आफूले ठुलो आपेक्क्षा राखेको गायक बिशाल रायमाझीले बताए । उनले आफ्ना अघिल्ला गिती संग्रह जस्तै यसलाई पनि माया गरिदिन आग्रह गरेका छन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #बिशाल रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545