बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्बजनिक (भिडियो सहित)

बैशाख २९, काठमाडौं – बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरीएको हो ।
एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए ।
विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।
त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ।
द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ।एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण संपन्न भएको हो।
संभवत बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कंपनीले भनेको छ ।
डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लाको भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।
चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।
शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुसिल अधिकारि र नमराज घिमिरे ले छायांकन गरेको हुन भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र रोहित देउबा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वर मा २ गीत समाबेस रहेको छ र पार्स्व संगीत सन्जिब सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।
यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।
यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका हुन । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।
हेर्नुस् भिडियो :
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्