Techie IT
शनिबार, वैशाख ६,२०८२

अलौकिक शक्तिको कथामा आधारित चलचित्र ‘रे’ असार २७ मा प्रदर्शनमा आउने


वैशाख १३ ।

काठमाडौं उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा आधारित चलचित्र ‘रे’ असार २७ मा प्रदर्शनमा आउने भएको छ ।

 

‘काठमाडौंको मुख्य जात्राको रुपमा लिइने इन्द्रजात्रालाई जोगाइ राख्ने र यो परम्परालाई अघि लैजाने पालो अब युवा पुस्ताको हो । यही कुराको कर्तव्यबोध गराउनका लागि जात्राको विशेषताबारे काठमाडौंलगायत मोफसलका नेपालीहरुलाई पनि जानकारी दिनको लागी यो चलचित्र बनाइएको हो,’ निर्देशक पौडेलले भने।

 

अहिले पोस्टप्रोडक्सनको काम भइरहेको यो चलचित्र काठमाडौं, भक्तपुर र ललितपर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर बनाइएको निर्देशक दिनेश पौड्यालले जानकारी गराए । उनका अनुसार चलचित्रमा काठमाडौंमा मनाइने ‘इन्द्र जात्रा’ लाई पनि समेटिएको छ ।

चलचित्रले सामाजिक सन्देश दिने र जात्राका कारण निम्तिने पक्षहरुलाई देखाउन खोजिएको छ । सगुन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो चलचित्र हलसम्म पुग्दा कुल लागत सवा करोड पुग्ने निर्माण पक्षको अनुमान छ ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चलचित्र ‘रे’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545