Techie IT
शनिबार, वैशाख ६,२०८२

दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन


काठमाडाैँ ।  दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन हुने भएको छ । गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने ‘छ माया छपक्कै’को निर्माणको तयारी सुरू भएको हो । ‘वडा नम्बर ६’ देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको हो ।

आगामी दशैँमा प्रदर्शन गर्ने भनिएको चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्नेछन भने दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्नेछन । यसपटक नायिक भने एकमात्रै हुने जनाइएको छ । नायिकासहित अन्य कलाकारको टुङ्गो लाग्न बाँकी रहेको बुझिएको  छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545