Techie IT
शनिबार, वैशाख ६,२०८२

मेरी बास्सैका बट्टारे कान्छाले ल्याए नयाँ  कमेडि सिरियल – ‘भाईरल ९ टंकी’


रामेश्वर ढकाल (आर.डी )

काठमाडौं । नेपाली कला श्रेत्रका कमेडि कलाकारका रुपमा स्थापित सन्देश लामिछानेले नयाँ कमेडि सिरियल लिएर आएका छन । विगत लामो समयदेखि विभिन्न चर्चित हास्यव्यंग्य टेलि सिरियलमा अभिनय गर्दै आएका लामिछानेले ‘भाईरल ९ टंकी’ ल्याएका छन ।

आफ्नै लेखन तथा निर्देशनमा उक्त सिरियलमा सन्देश लामिछाने , शुष्मा निरौला, घनु बस्नेत, नबिन श्रेष्ठ, कमल देबकोटा, आई.पि. आर्चाय, अजय रेग्मी लगायतका कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ । लामिछानेको उक्त सरियल उनी आफैले बोल्दै आएको पछिल्लो समयको थेगो ‘म अगाडी बढ्न चाहनछु’ नामक युट्युब मार्फत दर्शकले हेर्न पाउने छन ।

उनले यसअघि मेरि बास्सै, तितो सत्य, जिरे खुर्सानी, खासखुस लगायतका टेलि सिरियलहरुमा अभिनय गरिसकेका छन ।

हेर्नुहोस ‘भाईरल ९ टंकीको पहिलो भाग

https://www.youtube.com/watch?v=-O0YuUV4i_0


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भाईरल ९ टंकी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545