प्रभात भट्टको ‘खै के के भो’

धेरै भो !
तिम्रो राष्ट्रवाद गनायो ।
टाउकाको खेलमा खुट्टालाई गोल हनायो,
साथमा राख्नै नहुनेलाइ बुइ चढायो,
बुइ चढाउनु पर्नेलाइ उठ्बस गरायो,
थोत्रे नेता दादा भो, जनता सबै कता गो ?
खै के के भो,
त्यस्को भुँडी बा’नले हनायो,
दिनरात घिच्यो, आफ्नै ज्यान बनायो।
लौ ए न पुग्यो
तिम्रो राष्ट्रवाद गनायो ॥
भए नभएको कानुन लेखायो,
पीडित उता रुँदै छ, दोषीलाई यता निर्दोष देखायो,
तिम्रो पो साँठगाँठ ठुलो छ
गरिब जनताले के खायो, के लायो? अनि तिमिलाई “ज्यु..” गरेर के पायो?
बरु उल्टै ग्यास्ट्रिक भो,
२ कक्षा पास मेट्रिक भो,
हुने नहुने सबै भो,
साधारण मन्त्री प्रधान भो।
ज्यान चिलाउदा छिमेकिलाइ कन्यायो,
“मेरो भाग नि लाउ” भन्दै उल्टै उस्लाई मनायो।
लौ न अत्ति भो
राजनितिले पादेछ,
तिम्रो राष्ट्रवाद गनायो ॥
५/५ वर्षमा चुनाव गरायो,
एकातिर ठगबन्धन- अर्कोतिर मनमुटाव गरायो,
मतपत्रको दशैँमा दक्षिणाको जित भो,
रुखको ओझेल-चर्को घाममा,
हँसिया हथौडा उत्तेजित भो ।
‘रविको घण्टि’ बज्दै गर्दा ‘सागरको सुई’ गित भो,
प्रकाशेको मान बढ्दा रबिन्द्र चाईँ पिडित भो,
खै के के भो
फेरी गुण्डालाई सांसद बनायो।
पुग्यो अब सहन सकिन्न,
तिम्रो राष्ट्रबाद दङदङ गनायो ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रभात भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्