वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’को प्रिमियर प्रर्दशन

काठमाडौं । वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ को प्रिमियर गरिएको छ ।
पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको चिलचित्र बुधबार कमलपोखरीको बिग मुभीजमा प्रिमियर गरिएको हो ।
प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरपछि सञ्चारकर्मीलाई कुराकानी गर्दै वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले दर्शकले चलचित्र मनपराइदिएर स्याबासी दिए हुन्थ्यो भन्ने लागेको बताए । उनले शुक्रबारदेखि हलहरुमा चलचित्र प्रर्दशन हुने जानकारी दिँदै दर्शकले पैसा तिरेर फिल्म हेरिसकेको पछिको प्रतिक्रिया बुझ्न आत्तुर रहेको धारणा राखे ।
शुक्रबारबाट हलहरुमा सिनेमा लाग्छ । दर्शकले पैसा तिरेर आफ्नो फिल्ललाईे मन पराई बाहीर आएर स्याबासि दिए हुन्थ्यो जस्तो लाग्छ ।
चलचित्रमा अभिनय गरेकी कलाकार केकी अधिकारीले फिल्म प्रति दर्शकको माया देखेर धेरै आशावादी रहेको बताईन् । उनले दर्शकले साच्चै नै चलचित्र मन परेको प्रतिक्रिया दिएको बताउँदै अझ बढी विश्वास बढेको बताईन् ।
एकदमै विश्वास बढेको छ, आजको प्रिमियरदेखि जो जति पनि आजको दर्शक हुनुहुन्थ्यों उहाँहरु बाहिरी निस्कदाँ खेरी साच्चै नै चलचित्र मन परेको प्रतिक्रिया आएको छ । सामाजिक र पारीवारिक कथा बोकेको यो फिल्म प्रति दर्शकको माया देखेर धेरै आशावादी भएको छु ।
अधिकारीले हरेक परिवारमा हुने सम्पत्ति तथा अन्य विषयको मनमुटावलाई देखाउन खोजेको बताउँदै दर्शकले त्यसरी नै लिने विश्वास व्यक्त गरिन् ।
कलाकार मुकुन भुसालले सिनेमालाई मन पराउने र रमाइलो गर्नेहरुलाई कृतिमा आधारित रहेपनि प्रस्तुत गरिएको बताए । उनले सिनेमा हरेकलाई नियालीरहेको प्रतिक्रिया दिए ।
सिनेमालाई इन्जोय गर्नुपर्छ, ईन्टटेनमेन्ट गर्नुपर्छ भन्ने मान्नुहुन्छ, उहाँहरुलाई कृतिमा आधारित रहेर पनि ईन्टटेनेमेन्ट सिनेमा, सिनेमाको हरेक ४,५ मिनेटमा अझै बोेर्ड दिइरहेको छ । तपाईहरुलाई इन्गेज गरिरहेको छ ।
यस्तै, कलाकार आँचल शर्माले फिल्म हेरिसकेपछि हरेक व्यक्तिले के गल्ति गरिराको रहेछु र सच्चाउन पर्ने के कुरा रहेछ भन्ने बुझ्ने विश्वास लिईन् । उनले फिल्म रमाइलो साथसाथै ज्ञानज्ञुनका कुरापनि सिक्न सकिने प्रतिक्रिया दिइन् ।
एउटा व्यक्तिले यहाँ बसिसकेपछि मैले के गल्ति गरिराको रहेछु र सच्चाउन पर्ने के कुरा रहेछ भन्ने बुझ्ने जस्तो लाग्छ मलाई चाँही । एकदमै रमाइलो लाग्छ, ज्ञानज्ञुनको पनि कुरा सिकिन्छ र एकदमै रमाइलो छ ।
वरिष्ठ छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गरेको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म क्रू नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा उक्त चलचित्र करिब चार वर्षको समयावधि तथा रु दुई करोडको लागतमा निर्माण भएको हो । चलचित्र भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #चलचित्र ‘झिङ्गेदाउ, #चलचित्र ‘झिङ्गेदाउ’को प्रिमियर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्