Techie IT
सोमबार, वैशाख ८,२०८२

मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक


काठमाडौं  । साउन २०७९ मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ। गीतमा मोतिराज खनाल र रीता राउतको स्वर रहेको छ। शब्द र संगीत मोतिराज खनालकै रहेको गीतलाई गिरीप्रसाद भुसालले निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । मिठो लयमा आधारित तिजगीत संगित चौतारी युटुब च्यानलबाट बुधवार सार्वजनिक भएको हो ।

प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको भाव गीतले दिएको छ ।

गायक खनालले गत तिजमा जम्काभेट तिजगीत बजारमा ल्याएका थिए । उक्त गीतले राम्रो बजार पाएको थियो ।

त्यसैगरी खनालका धेरै लोकदोहोरी गीत बजारमा आएका छन ।

गायक खनाल निरन्तर गीत संगितका साथै टेली सिरियलमा पनि आबद्ध छन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोतिराज र रीताको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545