राजेन्द्र ढकालद्धारा निर्मित चलचित्र चोलीको तुनाको शिर्ष गीत सार्वजनिक

काठमाडौ । सुस्मिता फिल्मको ब्यानरमा राजेन्द्र ढकाल (राहुल) द्धारा निर्माण गरिएको चलचित्र चोलीको तुनाको शिर्ष गीत सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा निर्माण गरिएको उक्त चलचित्रको शिर्ष गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत तथा स्वर गम न्यौपानेको रहेको छ । चलचित्रलाई राजेन्द्र ढकाल (राहुल) नै निर्देशन गरेका हुन ।
गीतमा लामो समयदेखि चलचित्र तथा म्युजिक भिडियोमा जम्दै आएका अर्जुन खड्काको अभिनय देख्न सकिन्छ भने साथमा सन्जु भट्टराइ, साजन सुवेदी, सिर्जना केसी, राजेन्द्र अधिकारी, दिपक अधिकारी, बलराम अधिकारी, शशी कार्की, सिता भुषाल लागयतका कलाकारले अभिनय गरेका छन । दिपक अधिकारीको छायाँकन गरेका छन ।
चलचित्रलाई अर्जुन खड्काले सम्पादन गरेका छन । चलचित्रमा माया प्रेम लाई समेटिएको चलचित्रका निर्माता तथा निर्देशन राजेन्द्र ढकाल बताउछन । निर्माता निर्देशक ढकालका अनुसार गाउले लभस्टोरीमा बनेको र यस चलचित्रको छायाँकन पोखरा गोरखा लगायतका स्थानमा छायाँकन गरिएको बताएका छन । चलचित्रको शिर्ष सार्वजनिक भएसंगै अब केही दिनपछि टेलर सार्वजनिक गर्ने र चलचित्रलाई समेत सार्वजनिक गर्ने तयारी रहेको निर्माता राजेन्द बताउछन ।
चलचित्रको गीत टिपिकल गाउले परिवेशलाई झल्काउन खोजिएको छ । शहरीया परिवेश भन्दा पनि गाउले परिवेशलाई चलचित्रमा कथा बस्तु बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्र छिट्टै युटयुव च्यानलमा आउने जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्