गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ बिमोचित

काठमाडौं । गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ काठमाडौं स्थीत राष्ट्रिय नाचघरको सभा हलमा भब्य समारोहका बिच बिमोचित भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के।सीको विशेष आतिथ्यता थियो सो गिति एल्वम बिमोचित भएको हो ।
अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा गायक आयुष्मानले स्वरवद्ध र सङ्गीतवद्ध गरेका हुन ।
म।वि।वि। शाहको शब्द रचना रहेको गीत ‘भन लौ तिमी’सहित एल्वममा रहेका पाँचवटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो भने सोही अवसरमा लाइभ सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
गीतकार सङ्घ नेपालका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि कुमार बस्नेतले मन्तव्यको क्रममा कलिलो उमेरमा नै गीति एल्वम सार्वजनिक गरेकामा गायक आयुष्मान विष्टको प्रशंसा गर्दै आगामी साङ्गीतिक यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । यस्तै वरिष्ठ गायिका तारा थापा, वरिष्ठ सङ्गीतकार राजु सिंह तथा लोकप्रिय नायक भुवन के।सी।ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारुङले एल्वमको सफलताको कामना सहित गायक आयुष्मान विष्टको उज्ज्वल साङ्गीतिक यात्राको लागि बधाई तथा शुभकामना दिनुभएको थियो । आमन्त्रित अतिथिहरूलाई गीतकार मोहित मर्दन थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
गीति एल्वम ‘कलिलो मनमा’ प्रभुराज ढकाल, सञ्जिव सिंह, मदन सिह, ज्योतिचन्द्र शाह, वसन्त सापकोटा, सुनिल सिंह, र मनराजा नकर्मीको सङ्गीत रहेको छ भने जगतमर्दन थापा, सञ्जिव सिंह, मोहित मर्दन थापा र कुशल कुमारको शब्द रहेको छ । विशाल बिष्टको प्रस्तुति तथा पुष्पाञ्जली थापा बिष्टको निर्माण रहेको गीति एल्वम ‘कलिलो मन’को बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनी प्रा। लि। ले गरेको छ ।
मनोहर सुनामको सङ्गीत संयोजनमा सम्पन्न प्रत्यक्ष गायन कार्यक्रममा कि वोर्डमा सुनिल सिंह, अक्टो प्याडमा तेजकुमार श्रेष्ठ, बाँसुरीमा गोपालदेव घतानी, लिड गीतारमा ज्योतिचन्द्र शाह, रिदम लिड गीतारमा अनिष मानन्धर, वेस गीतारमा सन्दीप गुरुङ, गीतार रिदममा आकांक्षा थापा र साउण्डमा अनुपम शर्माको साथ रहेको थियो । यो भन्दा अगाडि ‘पोख्रेली कान्छी’ बोलको गीतमार्फत चर्चा बटुल्नुभएका आयुष्मानले शुक्रबार उक्त गीत प्रत्यक्ष गाउँदा दर्शक दीर्घाबाट ‘वान्स मोर’ गुञ्जिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘मेरो कलिलो मन’ बिमोचित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्