सोनाको जीवन्त अभिनयले ‘तिमीले साथ छोड्यौ’का श्रोता बढ्दै

नेपाली रङ्घमञ्चमा उदाउँदै गरेकी मोडल सोना बज्राचार्यको दमदार अभिनय रहेको म्युजिक भिडियोको गीत ‘तिमीले साथ छोड्यौ’ सार्वजनिक भएसँगै चर्चामा छ ।
शब्दको छनोट र म्युजिक भिडियो निर्माणको अवधारणा चित्त बुझ्दो भएपछि मात्र अभिनयका लागि तयार हुने मोडल सोनाले आफ्नो अभिनय क्षमता यस म्युजिक भिडियोमा देखाएकी छिन् । यो म्युजिक भिडियोमा उनले अभिनयसँगै नेपाली अभिनय क्षेत्रमा आशाको संकेत देखाएकी छन् ।
बिभिन्न स्टेज शो र फेसन शोमा आफ्नो कला र क्षमता देखाउँदै आएकी सोनाले यो गीत तथा निर्देशकको कन्सेप्ट सुनेपछि मात्र अभिनयका लागि तयार भएको बताइन् । आगामी दिनमा पनि शब्द, संगीत र म्युजिक भिडियोको अवधारणा चित्त बुझ्दो भएमात्र अभिनय गर्ने उनको भनाइ छ । अफिसियल कामका सिलसिलामा अहिले युरोप भ्रमणमा रहेकी सोनाले यो म्युजिक भिडियोबाट आफु निकै उत्साहित भएको बताइन् । उनले यसअघि विश्वकप सम्बन्धी फेसन शो लगायत दर्जनौं स्टेज शो र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
जोसेफ ठकुरी र मिलन अमात्यको स्वरमा ‘तिमीले साथ छोड्यौ’ बोलको गीतलाई युटुभमा ५० हजारले हेरिसकेका छन् । सोनाको अपोजिटमा जितेन्द्र क्षेत्री छन् । दुवैले राम्रो अभिनय गरेकै कारण युटुभमा धेरैले अभिनयको तारिफ गरेका छन् ।
यो गीतमा जोसेफ शाही ठकुरीको शब्द र संगीत समेत हो भने बीबी अनुरागीले संगीत संयोजन गरेका हुन् । गीत निकै मार्मिक छ, जोसेफ र मिलनको पाश्र्व गायनको प्रशंसा गर्न लायक गीत बनेको छ । सोनाको अभिनय पनि त्यत्तिकै जीवन्त छ । हाइलाइट्स नेपालले बजारमा ल्याएको म्युजिक भिडियोमा गौरव गिरीको निर्देशन रहेको छ । उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने बिकास धमलाले भिडियो सम्पादन गरेका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सोनाको जीवन्त अभिनय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्