Techie IT
सोमबार, वैशाख ८,२०८२

मोहित र मेलिनाको ‘भटक भटक’ मा नाजिर र आश्मा


मोहित र मेलिनाको ‘भटक भटक’ मा नाजिर र आश्मा मोहितवंश आचार्य र मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘भटक भटक’ सार्वजनिक भएको छ।

सरोज ओलीको शब्द र दिपक शर्माको संगीत गीतमा रहेको छ। यो गीत सरोजकै सृजन ‘ ए है माया’ को दोश्रो संस्करण हो। कोरोनाले थलिएको म्युजिक भिडियो उद्योगमा ‘ए है माया’ निकै लाभदायक बनेको थियो । यो गीत पछि म्युजिक भिडियो उद्योगमाले कोरोनाकाल पछि कमब्याक गर्न सफल भएको थियो।

भटक भटकमा नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर रहेका छन् । डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्मा ले आकर्षक प्रस्तुती दिएका छन्। विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्। भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आश्मा विश्वकर्मा, #नाजिर हुसेन, #मेलिना राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545