Techie IT
सोमबार, वैशाख ८,२०८२

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९ औं भानु जयन्ती भव्यताका साथ सम्पन्न


विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९-०३-०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,संगीतकार हरिशरण शायमी र बाल कथाकार निर्मला बराललाई सम्मान गरियो। कार्यक्रममा गीत सार्वजनिक एवम विभिन्न श्रष्टाहरुद्वारा सुन्दर सृजनाहरु वाचित भए। प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले विविध बिषय अनि शिर्षक दिएर संस्थाले यति महत्वपूर्ण अनि भव्य कार्यक्रम गरेकोमा आफुलाई हर्ष लागेको कुरा व्यक्त गर्दै आदिकविको २०९ औं जन्म जयन्तिको पावन अवसरमा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भएको कृति विमोचन, श्रष्टा सम्मान र सृजना वाचन कार्यक्रम आफैमा सुन्दर पक्ष भएको र यसले भाषिक उत्थानमा ठूलो टेवा पुग्ने कुरा बताउनु भयो।

संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति गोपीकृष्ण प्रसाइले उपस्थित सम्पूर्ण अतिथिहरु एवम साहित्यप्रेमी महानुभावहरुलाई हार्दिक स्वागत गर्नु भयो। वहाँले हर्क याक्सोको कृति जीवन एक परिभाषा अनेकका सबल पक्षहरुको चर्चा गर्दै लेखकको साधनाको तारिफ गर्नु भयो। प्रसाईले याक्सो दुर दराजको तपस्यारत कर्मयोगी भएको टिप्पणी गर्नु भयो।त्यस्तै प्रसाईले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा अनि साहित्यको विराट व्यक्ति भएको र उनले रामायण अनुवादको अलवा अरु मौलिक कृतिहरु सृजना गरेर नेपाली भाषा,साहित्य संस्कृति, चेतनाको विकास अनि भाषिक उन्नयनमा अतुलनीय योगदान दिएको कुरा बताउनु भयो। पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे भने नेपालको भाषिक, सांस्कृतिक एकीकरण भानुभक्त आचार्यले गरेको भन्दै भक्ति धाराको माध्यम द्वारा नेपाली साहित्यको आयतन अनि उचाईलाई अत्यन्तै व्यापक बनाउने आदिकवि नेपाली भाषा, साहित्यका मानस पिता हुन् भन्दै उहाँले आफ्नो स्पष्ट दृष्टिकोण राख्नु भयो।

विमोचित कृति जीवन एक परिभाषा अनेक कृति माथि समीक्षा प्रस्तुत गर्ने शिलशिलामा डा. फणीन्द्रराज निरौलाले आफ्नो अभिमत राख्दै निबन्ध आत्मपरक अनि वस्तुपरक हुन्छन् – लक्ष्मी प्रसाद देवकोटाका निबन्धहरु आत्मपरक अनि समका निबन्ध वस्तुपरक हुन अनि हर्क याक्सोको यो निबन्ध कृति वस्तुपरक हो भनेर टिप्पणी गर्नु भयो साथै वहाँले हर्क याक्सोको कृतिमा विविध विषय वस्तुको सुन्दर अनि जानकारीमुलक प्रस्तुति रहेको,शिक्षा,दर्शन,मनोविज्ञान,राजनिति अनि भाषा, साहित्य संग सम्बन्धित धेरै विषय बस्तुहरु समेटिएकोले यस्तो उपयोगी पुस्तक तयार गर्ने सर्जकलाई हार्दिक प्रसंसा गर्दै कृतिको सफलताको कामना समेत गर्नु भयो। कृतिकार हर्क याक्सोले आफ्नो मन्तव्य दिने क्रममा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आफ्नो कृति विमोचन गर्ने वातावरण मिलाइदिएकोमा संस्थालाई धेरै धेरै धन्यवाद दिनु भयो।

मन्तव्यकै क्रममा याक्सोले समाजलाई केही दिएर, समाज सेवा गरेर जीवनको सार्थकता खोज्नु पर्ने कुरा अर्थ्याउनु भयो साथै आफुले यो कृति मार्फत जीवनका अनेकौं अवस्था,दर्शन, राजनिती अनि सिद्धांतका विविध पाटाहरुलाई सरल रुपमा पाठकहरु सामु राखेको र यो कृति सबै वर्ग अनि तप्काका हृदयमा प्रवेश गर्न सकोस् भन्ने आफ्नो अभिलाषा रहेको बताउनु भयो। यसै गरि संस्थाले साहित्यकार द्वय राजन न्यौपाने( श्रीयम) र सरस्वती गौतम( समृध्दि)लाई विश्व नेपाली भानु शिखर सम्मान-२०७९,बाल साहित्यकार निर्मला बराललाई विश्व नेपाली भानु शिखर सम्मान-२०७९ र संगीतकार हरिशरण सायमी लाई विश्व नेपाली भानु शिखर संगीत सम्मान-२०७९ द्वारा सम्मान गरेको छ। संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित श्रष्टाहरुको परिचय प्रस्तुत गर्नु भएको थियो, वहाँले साहित्य एवम संगीतमा निरन्तर साधनरत श्रष्टालाई सम्मानित गर्न पाउँदा संस्था गौरवान्वित भएको अभिमत राख्दै सम्मान पत्रहरु पढेर सुनाउनु भएको थियो । सम्मानित श्रष्टाहरुको तर्फ बाट आफ्ना उम्दा विचारहरु राख्दै साहित्यकार राजन प्रसाद न्यौपाने(श्रीयम) र हरिशरण सायमीले संस्थाले सम्मान गरेर आफुहरुलाई अझ राम्रा कामहरु गर्दै अघि बढ्न झक्झक्याएको कुरा अभिव्यक्त गर्नु भएको थियो।

कार्यक्रममा पूर्व सभासद एवम नेकपा माओवादी केन्द्र,जेष्ठ कम्युनिष्ट मन्चका अध्यक्ष नन्दकुमार प्रसाईं, पूर्व रा.पं.स दीर्घराज प्रसाईं, पूर्व निर्वाचन आयुक्त एवम राजदूत डा. रामभक्त ठाकुर, पूर्व राजदूत प्रह्लादकुमार प्रसाईं, पूर्व राजदूत टंक कार्की,वरिष्ठ कलाकार,रंगकर्मी एवम समाजसेवी मदनदास श्रेष्ठ,प्राज्ञ डा.उषा ठाकुर,विराटनगर महानगरपालिकाका पूर्व प्रधानपन्च ध्रुबनारायण श्रेष्ठ ,घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, कामनपा-२९ का अध्यक्ष कुश ढकाल,प्रसाईं कल्याणकारी कोष केन्द्रिय कार्य समितिका उपाध्यक्ष श्रीकृष्ण प्रसाईं, अनेसासका पूर्व केन्द्रिय अध्यक्ष एवम गीतकार ज्ञानेन्द्र गदाल,जेष्ठ नागरिक आमा दिलमाया श्रेष्ठको बिशेष अतिथिको रुपमा सारगर्भित उपस्थिति रहेको थियो ।

विशेष अतिथिको तर्फ बाट बोल्दै नन्दकुमार प्रसाईले छोटो समयमा गुणस्तरीय कार्यक्रम गर्ने विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको तारिफ गर्दै श्रष्टा हर्क याक्सोले दुर्गम ठाउँमा बसेर पनि साहित्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नु भयो,प्रसाईले याक्सो राष्ट्रिय प्रतिभाको रुपमा उदाएको कुरा व्यक्त गर्नुभयो। प्रसाईले आदिकविले भाषा, साहित्यमा दिएको बिशिष्ट योगदानको पनि चर्चा गर्नु भयो।बिशेष अतिथि डा. रामभक्त ठाकुरले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले साहित्यलाई उठाउने,साहित्यकारलाई एक ठाउँमा राख्ने, चिन्तन गर्ने काम गरेकोमा मुक्त कन्ठले प्रशंसा गर्नु भयो। अर्का विशेष अतिथि मदनदास श्रेष्ठले समाजका विकृति विसंगतिहरुलाई पखाल्ने अस्त्र साहित्य हो, यो संस्थाले यस्तो महत्वपूर्ण कार्यमा ध्यान दिंदै आफ्नो गतिविधि गरिरहन सकोस् भन्दै शुभेच्छा प्रकट गर्नु


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #२०९ औं भानु जयन्ती


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545