Techie IT
सोमबार, वैशाख ८,२०८२

जे. पि. नेपाल द्धारा लिखीत कविताको शिर्षक कलम


 

सबले बोक्दछन् ,कलम यहाँ
सुक्तैन मसि पनि
अन्याय परदा सम्झघनु सबले ,
आउने छु मलम बनि
हार्नेले पनि जित्तछ यहाँ ,

जित्ने लाई बधाइ दिए
यात्रा साहित्यको रोजेर मैले ,
कलम समाइ लिए
घर घर मा पुर्याउछु कलम यो ,

बित्नेछ मेरो दिन
गर्छु सेवक बनेर पाँच बर्ष सेवा यो,
आउदिन केही लिन
चिन्ता छैन मलाई कती पनि ,

गर्ने के हो लौ भनि
गर्छु सेवा समाज बदल्न महिले ,
आउने छु सेवक बनि
आउछन् घुम्ती मोड अनेक जिबनमा ,

यात्रा घुमाउरो बनि
लेख्नै पर्दछ इतिहास कलमले ,
जस्तै बिपतमा पनि
यात्रा साहित्य को बदल्छ यसले ,

आउने छ कलम बनि
पिर छैन मनमा समाइ कलम ,
बिताउछु जिबन अनि


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कलम, #जे. पि. नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545