Techie IT
सोमबार, वैशाख ८,२०८२

वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस भव्यताका साथ समपन्न


 

वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम समपन्न भएको छ ।
बैशाख ७ गते वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदी को प्रमुख आथित्यतामा होटल हार्दिकमा कार्यक्रम आयोजना गरिएको थियो ।

मन्तब्यको क्रममा बोल्दै साहित्यकार युवराज मैनाली तथा प्रा. डा ज्ञानु पाण्डेले पोषण पाण्डेको साहित्यिक ब्यक्तित्व बारे प्रकाश पारेका थिए ।
समारोहको क्रममा सडकमा बेवारिस अवस्थामा रहेका मानवहरु को उद्धार उपचार तथा सेवा गर्दै आएको भक्तपुरस्थित संस्था मानव कल्याण समाज लाई कदर गर्दै संस्थाको अध्यक्ष सुमित्रा चौलागाईं लाई दोसल्ला ओढाइ प्रमाण पत्र तथा नगद प्रदान गरिएको थियो ।

 

जीवन र साहित्य बिचको सम्झौता बिन्दुलाई अत्यन्त सहज सँग प्रयोग गर्ने ब्याक्तित्व बताउँदै साहित्यकार पोषण पाण्डे को कविता र कथा ब्यक्तित्व बारेमा कार्यक्रमको प्रमुख अतिथि प्रा. डा.अभि सुवेदी ले आफ्नो मन्तव्य राखेका थिए ।

पोषण पाण्डे तीर्थ सदनका महासचिब रन्जु पाण्डेले संचालन गर्नुभएको उक्त समारोहलाई यसै सदनका अध्यक्ष तथा समारोहका सभा अध्यक्ष वरिस्ठ साहित्यकार बिजय चालिसे ले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

उक्त समारोहमा विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #पोषण पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545