बर्दिवास साहित्यिकको ३४ औँ शृङ्खला सम्पन्न

यही मिति २०७९ साल बैशाख ३ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ३४ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल)को अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेले सञ्चालन गर्नुभएको सो शृङ्खलालाई शुभकामना दिने स्रष्टाहरुमा प्रलेस केन्द्रीय सदस्य, जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य एवं प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवं प्रलेस केन्द्रीय परिषद सदस्य प्रेम घिमिरे, अखिल नेपाल लेखक सङ्घ केन्द्रीय सल्लाहकार तथा प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, जनसांस्कृतिक महासंघ मधेश प्रदेश समिति उपाध्यक्ष रमा शर्मा ढकाल, मिथिला साहित्यिक प्रतिष्ठानका संयोजक विपिराज दहाल, बलेसी महोत्तरी अध्यक्ष तथा सचिव प्रलेस महोत्तरी एवम् अखिल नेपाल लेखक सङ्घ भिम कुमार राउत, उपाध्यक्ष प्रलेस महोत्तरी दिनेश गरिब पौडेल, मिथिला साहित्य प्रतिष्ठान सल्लाहकार समितिका संयोजक नानीराम दहाल र प्रलेस महोत्तरीका सदस्य नारद प्रसाद काफ्लेले शृङ्खला सफलताको शुभकामना दिएका थिए । सो कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय पार्षद विमला वि क को पनि उपस्थिति थियो ।
उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत, गजल, मुक्तक वाचन गरिएका थिए ।
सो शृङ्खलामा वाचन गर्ने स्रष्टा तथा द्रष्टाहरुमा पुरूषोत्तम वराल, इन्दु महतो, दशक वलम्पाकी, सागर श्रेष्ठ, नारद काफ्ले, नानीराम दहाल (बन्चरो), विपिराज दहाल, नारायण घिमिरे, रमा शर्मा ढकाल, दिनेश गरिब पौडेल, नवलकिशोर महतो, दुर्गा गौतम, भिम राउत, मोनालिसा वलम्पाकी, आनन्द श्रेष्ठ, पवन वाग्ले, अग्नि कवच, जीवनस्पर्शी र आर सी पौडेल (विपुल विद्रोही) आदि थिए।
प्रतिष्ठानको ३४ औँ शृङ्खलामा स्वर्गीय साहित्यकार तोया घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले ३४ औँ शृङ्खला सभ्य र भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी सागर श्रेष्ठ लगायत सम्पूर्ण साहित्य अनुरागी व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै शृङ्खलाको समापन गरेका थिए । – जीवनराज दाहाल (महोत्तरी)
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्