लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर्फबाट आश्रा बोहरा र पूरुष तर्फबाट प्रसिस चौलांगाँई भएका छन्। कार्यक्रम पूर्ण रुपमा सफल भएको कार्यक्रमका अर्गनाईजर महेश के.सी.ले बताए। कार्यक्रममा जजहरु रुष्का श्रेष्ठ, जीवन गिरी, सुवर्ण खड्का, प्रमिला, अभिविन्द खानिया, आकांक्षा भट्टराई रिमाल, सनिस शाक्य, पवन आचार्य, धिरज तन्डुकार, ईरीना श्रेष्ठ र अनिसा शाक्य रहेका थिए।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्