Techie IT
सोमबार, वैशाख ८,२०८२

‘स्वर साधक’ तथा गीत संग्रह ‘कुनै भेदभाव छैन’ विमोचित


काठमाडौं । अमर श्रष्टा जगतमर्दन थापाको स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा उनीद्धारा स्वरवद्ध गीत संग्रह ‘कुनै भेदभाव छैन’ एक समारोह विच विमोचित भएको छ । ८६ औं जन्म जयन्तिको अवसरमा गीतकार संघ नेपालको आयोजनामा  संघका अध्यक्ष शुभ मुकारुङको अध्यक्षता तथा वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा उक्त स्मृति ग्रन्थ तथा गीति एल्वम विमोचित भएको हो ।

उक्त अवसरमा प्रमुख अतिथि यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व, गीतियात्राको बारेमा चर्चा गर्दै उनको सृजना तथा कृतिहरुलाई संग्रह गरेर राख्नु पर्ने बताए । गीतकार संघ नेपालका अध्यक्ष तथा कार्यक्रका सभापति शुभ मुकारुङले गीतकार संघ नेपालर्ले जगतमर्दन थापा स्मृति गीतकार संघ नेपाल अक्षय कोष’ स्थापना भएको र यहि संस्थाले नै वहाँका गीति सृजनाको बारेमा खोज, अनुसन्धान गर्ने बताउनु हुदै जगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिनु भएको योगदानको चर्चा गरे ।

स्मृति ग्रन्थ ‘स्वर साधक’ का सम्पादक विवश वस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, परिवारका सदस्यहरु, गीतकार संघ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीति संग्रह विमोचन भएको हो ।

स्मृति ग्रन्थ ‘स्वर साधक’ मा गीत, संगीत, साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरु यादव खरेल, सरु भक्त, विश्व बल्लभ, उषा मंगेशकर, एस्पी कोइराला, वसन्त वित्यासी थापा, मोहन हिमांशु थापा लगायत ७० जना भन्दा बढिका अमर श्रष्टा जगतमर्दन थापा संग जोडिएका विभिन्न प्रसंगहरु समेटिएका छन् भने गीति एल्वर्म कुनै भेदभाव छैन’ भित्र इन्द्रध्वज खड्का, हरिराम पौडेल, बसन्त वित्यासी थापा, तुलाराम थापाद्धारा लिपिवद्ध गीतहरु समेटिएका छन्, उक्त गीतहरुमा शक्ति बल्लभ, मनोहर सुनाम, मदन सिंह नेपाली, जेम्स प्रधानको संगीत रहेको छ ।

गीतकार संघ नेपालको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले बृहत कार्यक्रमको सोच र योजना भए पनि कोरोना कहरको कारणले गीतकार संघ नेपालका कार्यसमिति पदाधिकारी, केहि पारिवारिक सदस्य र केहि संचारकमर्मीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्नु परेको बताउदै उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गरेका थिए । उक्त कार्यक्रम संचारकर्मी हरिराम पौडेलले संचालन गरेका थिए ।

सरकारी सेवामा रहेर उनको इमान्दारिताको कदर स्वरुप प्रवल गोरखा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट चौथो, शुभराज्याभिषेक पदक, पन्ध्र वर्ष सेवा पदक, पच्चीस वर्ष सेवा पदक पनि प्राप्त गरे । साथै विभिन्न तालिमहरुमा पनि सहभागी भए, सोही क्रममा भारत, थाइल्याण्ड, हङकङ, चीन, दक्षिण कोरियाको भ्रमण पनि गर्ने अवसर जुर्यो ।

संगीतलाई सरस्वतीको बरदान मान्ने जगत मर्दन थापाले प्रभुराज ढकाल संग नित्य ९ वर्ष अनि इलहबाद संगीत विश्वविद्यालयबाट वि. म्युज गरेका थिए, वरिष्ठ गायक, संगीतकार तथा गीतकार जगत मर्दन थापा सिक्नमा सधैं अभिरुचि राख्ने संगीतकर्मी थिए ।

उनको सादा जीवनशैली, समयको पालना, इमान्दारिता, आफ्नो कर्ममा लगनशिलता, सकारात्मक सोच, सबै संग नम्र र मीठासपूर्ण व्यवहार जस्ता गुण सबैका लागि अनुकरणीय छन्, राष्ट्रसेवा, संगीत र साहित्य सेवामा उनले दिएका योगदान सधैं सबैका लागि स्मरणीय रहेको छ । ८४ वर्षको उमेरमा २०७७ मंशिर २२ गतेका दिन उनको निधन भएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक समेत पुरा गरेका वरिष्ठ गायक जगतमर्दन थापाले लामो समय सरकारी सेवामा विताएर देशको सेवा गरे । कर्मचारी संचयकोषमा जागिरे जीवन सुरु गरेका उनको २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्था पुनः स्थापना भएकै दिन बढुवा भयो । जागीरको अवधिमा उनी जागिरमा नै चुर्लुम्म डुवे ।

प्रशासनिक काममा व्यस्त रहदा यता गीत संगीतको पाटो भने ओझेल प¥यो । ६ वर्ष ६ महिना सरकारी संस्थान र २६ वर्ष ६ महिना निजामती सेवामा विताएका उनी कर्मचारी वृत्तमा एक इमान्दार र बफादार राष्ट्रसेवकको रुपमा गनिन्छन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘स्वर साधक’ तथा गीत संग्रह ‘


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545