Techie IT
सोमबार, वैशाख ८,२०८२

मिस्टर एण्ड मिस टिकटकका विजेताहरु अभिनित ‘एक अञ्जुली माया’ सार्वजनिक


चितवन – चर्चित गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । अन्जुको स्वरमा सजिएको ‘एक अञ्जुली माया’ बोलको गीत केही दिन अघि युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा अशोक कुमार तामाङको शब्द र सूर्य दयालुको संगीत छ । गीतमा संगीत संयोजन रिकेश गुरुङको छ ।

गीतको भिडियोमा मिस्टर एण्ड मिस टिकटक नेपालका बिजेताहरु सम्मान मल्ल श्रेष्ठ र पुनम तिरुवा फिचर्ड छन् । सम्मान र पुनम द जिएमआई एकेडेमी र सही हो इभेन्टद्धारा आयोजित मिस्टर एण्ड मिस टिकटक नेपालका सेकेण्ड रनर अप हुन् ।

जीवन शाही निर्देशित भिडियो दिपेन बस्न्यातले खिचेका हुन् । दिपेनले नै भिडियो सम्पादन गरेका हुन् । मिस्टर एण्ड मिस टिकटकका विजेताहरुलाई आयोजकले म्युजिक भिडियो खेल्ने मौका प्रदान गर्ने प्रतिवद्धता जनाएको हो ।

सेकेण्ड रनर अपद्धयलाई पुरस्कार स्वरुप नै म्युजिक भिडियोमा अवसर प्रदान गरिएको द जिएम आईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । निर्देशक शाहीले सम्मान र पुनमले राम्रो काम गरेको बताए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545