Techie IT
सोमबार, वैशाख ८,२०८२

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ३१ औँ शृङ्खला सम्पन्न


आज मिति २०७८ साल माघ ८ गते शनिबारका दिन’ बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ‘३१ औँ (एकतिशौँ) शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल)को अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको यस शृङ्खलामा शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरी अध्यक्ष तथा बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक तथा छन्द चौतारीका अध्यक्ष अग्नि कवच, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भीमकुमार राउत, उद्घोषण कला प्रशिक्षक रोहित भट्टराई, महगी भाषाका समाचार वाचक फुलगेन महतो तथा पौडेल साहित्य प्रतिष्ठान प्रदेश नम्बर २ (दुई) का अध्यक्ष जनकप्रसाद पौडेल थिए ।

उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत, गजल र कथा वाचन गरिएका थिए । शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, इन्दु महतो, मनिष महतो, राम मिलन, रोहित भट्टराई, जीवनराजदहाल, फुलगेन महतो, नानीराम दहाल (बन्चरो), अग्नि कवच, जनकप्रसाद पौडेल, विपिराज दहाल, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आर सी पौडेल थिए ।

यस प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठको जन्म दिनको पनि संयोग परेकोले उपस्थिति सम्पूर्णबाट जन्मदिनको शुभकामना व्यक्त गरिएको थियो ।

अन्तमा प्रतिष्ठानको ३१ औँ (एकतिशौँ) शृङ्खला  भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति हुने सम्पूर्ण साहित्यिक   द्रष्टा तथा स्रष्टाहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले हार्दिक धन्यवाद ज्ञापन गर्दै शृङ्खलाको समापन गरेका थिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545