प्रतिष्ठानको २९ औँ शृङ्खला सङ्गीतमय

मिति २०७८ साल मंसिर ११ गते शनिबार बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको सङ्गीतमय २९ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन सुरूमा प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठले र साङ्गीतिक कार्यक्रमको सञ्चालन रोहित भट्टराईले गरेका थिए । सो कार्यक्रममा सहभागी अतिथि, कलाकार लगायत सम्पूर्णलाई प्रतिष्ठानका उपाध्यक्ष जीवन स्पर्शीले स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रतिष्ठानको स्थापना र प्रतिष्ठानले साहित्य क्षेत्रमा गरेका कामको बारेमा समेत चर्चा गरेका थिए । सङ्गीतमय शृङ्खलामा उपस्थिति विशिष्ट अतिथिहरुमा दिप बहादुर योञ्जन, राजन प्रसाद ढुंगाना, केदार बहादुर कोइराला र विशिष्ट कलाकारहरु विष्णु देव, अर्जुन बाबु, रूद्रसेन विश्वकर्मा र भीम खतिवडा थिए ।
वाद्यवादनमा शिवराज जोशी र गोकुल भण्डारी थिए ।अथिति कलाकारहरुको प्रतुतिले कार्यक्रमको गरिमा बढाएको थियो । उक्त शृङ्खलामा आउने अन्य अतिथिहरुमा प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथि, पौडेल साहित्य प्रतिष्ठानका अध्यक्ष जनकप्रसाद पौडेल, गौशला साहित्य समाजका अध्यक्ष मोहन महतो, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, सल्लाहकार संयोजक बन्चरो, शिशिर घिमिरे प्रतिष्ठानका संरक्षक एवम् छन्द चौतारीका अध्यक्ष अग्नि कवच, घिमिरे प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र पोखरेल, बर्दिवास साहित्यिक- सांस्कृतिक प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक मदन प्रभात लगायत जनता बहुमुखी क्याम्पसका प्रतिनिधि, सरकारी तथा निजी विद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्था र व्यवसायिक संस्थाका सञ्चालक प्रमुख तथा प्रतिनिधिहरू थिए ।
सो साङ्गीतिक शृङ्खलामा विभिन्न लयका गजल, गीत र कविताहरू प्रस्तुत गरिएका थिए । कला प्रस्तुत गर्नेहरुमा नम्रता परियार, मञ्जु गजमेर, विणा ढकाल, विपिराज दहाल, गणेश तिमल्सिना, लेखराज कालीकोटे, कविता दहाल, विज्ञान फुयाल, नवलकिशोर महतो, पुरुषोत्तम वराल, इन्द्र थापा र दशक बलप्पाकी थिए ।
उक्त सङ्गीतमय शृङ्खलामा सहभागी विशिष्ट अतिथि, विशिष्ट कलाकार, अतिथि लगायत सम्पूर्ण साहित्य अनुरागी, साहित्य प्रेमीहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले हार्दिक आभार प्रकट गरेका थिए । उक्त शृङ्खला सभ्य र भव्य रुपमा सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सङ्गीत विभाग, नाट्य विभाग, प्रचार प्रसार विभाग, पदाधिकारी लगायत मिथिला, गौशला र बर्दिवासका सम्पूर्ण साहित्य संस्थालाई धन्यवाद ज्ञापन गर्दै साङ्गीतिक शृङ्खलाको समापन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्