निफमा बहस : सिनेमामा नायकत्वको प्रश्न

हिरो हुन सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले बुधबार आयोजना गरेको सिनेमामा नायकत्वको प्रश्न विषयक अन्तर्क्रियामा सहभागी वक्ताहरुले नायकका बारेमा रहेको परम्परागत धारणा परिवर्तन हुन थालेको बताए । लेखक पत्रकार युग पाठकको सहजिकरणमा सम्पन्न भर्चुअल बहसमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शिक्षाविद्हरुले नेपाली चलचित्रमा पात्र भन्दा विषयवस्तुमा जोड दिनुपर्ने समान धारणा राखेका थिए ।
उनिहरुले नायकजस्ता पात्र निर्माण भएपनि ‘फर्मूला’मा आधारित नायक पात्रको विस्तारै अवसान हुँदै गएको बिचार व्यक्त गरे । सहभागिले समाजभन्दा फरक काल्पनिक नायकको पात्र खडा गरेर सुपर हिरो जन्माउन नभई जुनसुकै पात्र पनि कथाभित्रको नायक हो भन्ने अवधारणा विकास गर्दा नेपाली चलचित्रको उचाई बढ्ने बताए ।
चलचित्र निर्देशक दिपेन्द्र के खनालले नेपाली चलचित्रमा नायकको भूमिका महत्वपूर्ण हुने भएपनि यसभन्दा महत्वपूर्णको यसको विषयवस्तु हुने उल्लेख गरे । परम्परागत रुपमा नायकनै चलचित्रमा मुख्य रहने बुझाई पछिल्लो समय हराउँदै गएको भन्दै उनले सामान्य भूईमान्छेका विषयहरु समेटिएका चलचित्र दर्शकमाझ लोकप्रिय बनेको उदारहण पेश गरेका थिए । नायक सर्वगुण सम्पन्न पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ रहेकोमा यो समयसँगै परिवर्तन हुन थालेको बताए ।
आफूले अहिले चलचित्र निर्माण गर्दा हरेक पात्रलाई नायककै रुपमा बुझेको उनको भनाइ थियो । यस्तै शिक्षाविद रेशु अर्याल ढुंगानाले भारतीय चलचित्रका पात्रहरुको उदारहण दिदैं नेपाली चलचित्रमा नायक खोज्ने तर बास्तविक नायकको खोजीमा अल्छि गर्ने प्रवृति बढेको बताईन ।
ढुंगानाले गुणैगुणले भरिएको परम्परागत नायकको रुप परिवर्तन हुँदै अवगुण पनि भएको नायक चलचित्रमा देखा पर्न थालेको बताइन् । पछिल्लो समय अभिनेत्री रेखा थापा लगायतले पनि नायकत्वको गुण विकास गरेको भन्दै यसको प्रशंसा गरेकी छन । उनले नायकलाई खडा गरेर उसको नायकत्वको लागि कृत्रिम वातावरण बनाइने गरेको र त्यसले बालबालिकामा नकारात्मक प्रभाव पार्ने बताइन् ।
सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले राम्रो लुगा लगाउने निरीह र अबला नायिकालाई बचाउने पात्रलाई नै नायक भन्ने अवधारणा विस्तारै परिवर्तन हुँदै गएको बताइन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सिनेमामा नायकत्वको प्रश्न
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्